प्रेस स्वतन्त्रता सङ्कुचन पार्ने कानून संशोधन गरिने नेताहरुको प्रतिबद्धता

रासस

काठमाडौँ — विभिन्न राजनीतिक दलका नेताले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी बनेका कानून संशोधन गरिने बताएका छन् । नेपाल पत्रकार महासङ्घले आइतवार आयोजना गरेको कार्यक्रममा उक्त कुरा बताएका हुन् । 

उनीहरूले लोकतन्त्रलाई सुदृढ पार्न प्रेस स्वतन्त्रता हुनैपर्नेमा जोड दिँदै मुलुकी अपराधसंहिता–२०७४, मुलुकी देवानी संहिता–२०७४मा भएका गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी व्यवस्था प्रेस स्वतन्त्रता विरुद्ध रहेकाले ती कानुनी दफालाई संशोधन गरिने बताएका हुन् ।

Yamaha


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पम्फा भुसालले प्रेस स्वतन्त्रता सुनिश्चित गरेर मर्यादित पत्रकारिता बनाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताइन् । ‘लोकतन्त्रको मूल्य र मान्यता नै प्रेस स्वतन्त्रता हो’ उनले भनिन्, ‘लोकतन्त्रको सुदृढीकरणका लागि प्रेस स्वतन्त्रता चाहिन्छ । त्यसैले प्रेसलाई सङ्कुचन पार्ने खालको कानूनलाई संशोधन गर्दछौ ।’

नेपाली काँग्रेसका नेता मीनेन्द्र रिजालले संविधानमा व्यवस्था भएअनुसारकाको प्रेस स्वतन्त्रतासँग बाँझिएका कानून खारेज गर्नुपर्नेमा जोड दिँदै प्रेस स्वतन्त्रता सम्बन्धी अलग्गै कानून बनाएर यस क्षेत्रलाई सुरक्षित बनाउनुपर्ने धारणा व्यक्त गरे । उनले पत्रकारिता क्षेत्रमासमेत विकृति देखिएकाले पत्रकार आचारसंहितालाई प्रभाबकारी बनाइनुपर्ने आवश्यकता औँल्याए ।

सङ्घीय समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले अहिलेको नयाँ कानूनले प्रेस स्वतन्त्रतालाई बाँधेकाले त्यसलाई संशोधन गराउन आफ्नो पार्टी तयार रहेको बताए । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले अन्य देशका कानून र सर्वोच्च अदालतको नजिरबमोजिम उक्त संहिता संशोधन गरिनुपर्नेमा जोड दिए ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले अहिलेको कानूनले प्रेस स्वतन्त्रता विरुद्ध कुनै घटना भए राज्यले नै क्षति व्यवहोर्नुपर्ने बताए । वरिष्ठ पत्रकार हरिहर विरहीले उपभोग गदैआएको प्रेस स्वतन्त्रता भन्दा पनि कठोर कानून ल्याएको आरोप लगाए । ‘पञ्चायत कालमासमेत यस्तो कठोर कानून ल्याइएको थिएन’ उनले भने, ‘तर अहिले प्रेस स्वतन्त्रता सम्बन्धी कठोर कानून ल्याइएकाले यसलाई संशोधन गरिनुपर्छ ।’

कान्तिपुर दैनिकका प्रधान सम्पादक नारायण वाग्लेले राज्यको प्रेसप्रति नकारात्मक मानसिकता भएको र नयाँ कानूनसँगै पत्रकारितामा ‘सेल्फ सेन्सरसीप’ शुरु भएको बताए ।

हिमाल खबरपत्रिकाका सम्पादक किरण नेपालले अहिलेको कानूनले प्रेसलाई नियन्त्रण भन्दा पनि नागरिकको स्वतन्त्रता हनन भएको बताए ।

कार्यक्रममा प्रेस सङ्गठन नेपालका कमल गिरी, प्रेस युनियन नेपालका कोषाध्यक्ष सरोज अधिकारी र सञ्चारिका समूहकी उपाध्यक्ष नितु पण्डितले पत्रकारलाई भयरहित अवस्थामा काम गर्न दिन चाँडै संशोधन गर्नुपर्नेमा जोड दिए ।

Esewa Pasal

प्रकाशित : भाद्र १७, २०७५ १४:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

चिकित्सकको आन्दोलनले बिरामी मारमा

फातिमा बानु

काठमाडौँ — सुनसरीदेखि राजधानीमा थप उपचारका लागि आइपुगेकी ४५ वर्षीया सुधमा देवी आइतबार उपचार नगरी फर्कनु पर्‍यो । थापाथलीस्थित प्रसूति गृह पुगेकी उनले टोकन पाइनन् ।

पाठेघर सम्बन्धी गम्भीर समस्या भोगिरहेकी सुधमा बेस्सरी ढाड दुख्ने, पाठेघरबाट गन्हाउने पानी र रगत बग्ने समस्या भोग्दै आइरहेकी छन्। उनले भनिन्, ‘गाउँमा मात्रै उपचार गाह्रो होला भनेको यता पनि यस्तै रैछ, काठमाडौंमा बस्ने ठाउँ पनि छैन।’ उनी निराश देखिन्थिन्। पाँच घण्टासम्म प्रतिक्षा गर्दा कुनै चिकित्सक नआएपछि उपचार नगरी उनी अस्पतालबाट बाहिरिन्।

नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) मा चिकित्सकसँग सम्बन्धित व्यवस्था संशोधन गर्न माग गर्दै देशभरको आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारेपछि बिरामीहरु विचल्लीमा परेका छन्। चिकित्सकहरुको आन्दोलनका कारण राजधानीका अधिकांश सरकारी अस्पताल प्रभावित भएका छन्।

बिरामीहरु उपचारबिनै फर्किन बाध्य भएका छन्। स्वास्थ्य सेवा ठप्प पारेर चिकित्सकहरू माइतीघर मण्डलामा एप्रोनसहित विरोध प्रदर्शनमा उत्रिएका छन्।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आइतबार ओपिडीको एउटा पनि टिकट काटिएन। काउन्टर बन्द भएपछि सेवा पनि ठप्प भयो। फलोअप र ओपिडीका बिरामी उपचारबिनै फर्किए भने शल्यक्रिया समेत प्रभावित भयो। आकस्मिक बाहेक लामो समयदेखि शल्यक्रियाका लागि पर्खिएका बिरामीको शल्यक्रिया समेत रद्द भयो।

पालो पर्खेर बसेका पित्तथैली, मृगौलाका बिरामी र गर्भवतीको शल्यक्रिया भएन। आइतबार शल्यक्रिया गर्ने भनेर तयारी अवस्थामा राखिएका बिरामी अस्पताल बेडमा अलपत्र छन्।

बेड चार्ज मात्रै बढेको र अस्पताल बसाई लम्बिएकोमा उनीहरू थप चिन्तित अनि आक्रोसित छन्। टाढाबाट आएका भर्नारत बिरामी आत्तिएका छन्। अस्पतालका वरिष्ठ मेडिकल रेर्कडर कुमार केसीले भने, ‘ शल्यक्रियाका लागि औषधी दिएर ठिक्क पारिएका बिरामीको उपचार भएन, रोकिएको शल्यक्रिया कहिले हुने हो थाहा छैन।’

वीर अस्पतालमा पनि आइतबार बिहानैबाट प्रभावित भयो। ओपिडी टिकट काउन्टर खुल्दै खुलेन। डाक्टरहरु उपचार कक्षमा बसेनन्। बिरामीले उपचारका लागि घण्टौ प्रतिक्षा गरे। टिकट नपाइएकोबारे उनीहरू अनभिज्ञ थिए।

दिउँसोसम्म अस्पताल परिसरमा अलमल गरिरहे। अघिपछि बिरामीको भीड लाग्ने अस्पताल दिउँसोदेखि सुनसान देखियो। अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले भने, ‘आफ्नो प्रतिरक्षाका लागि चिकित्सक आन्दोलनमा उत्रिन बाध्य छन्, बिरामी अप्ठेरोमा छन्, सरकारले सक्दो चाँडो समस्या समाधान गरिदियोस्।’

प्रसूति गृहमा पनि बिहानैदेखि बिरामीले टोकन पाएनन्। प्रशासन प्रमुख रानु थापाले भनिन्, ‘हाम्रो अस्पतालको वार्षिकोत्सव कार्यक्रम भएकाले काउन्टर बन्द गरेका हौँ, सकेसम्म अस्पतालमा आन्दोलनको प्रभाव पर्न दिदैनौँ, भोलिदेखि काउन्टर खुल्छ।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भने आन्दोलनको खासै असर देखिएन। बिरामीको चाप भने अघिपछिभन्दा कम देखियो। आएका जति सबैले सेवा पाएको अस्पतालका प्रशासन प्रमुख रुप नारायण खतिवडाले बताए।

प्रकाशित : भाद्र १७, २०७५ १४:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT