कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

श्रीलङ्काका राष्ट्रपति स्वदेश प्रस्थान

रासस/याेन्हाप

काठमाडौँ — श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपालको दुईदिवसीय औपचारिक सद्भावना भ्रमण पूरा गरी आइतबार अपराह्न स्वदेश प्रस्थान गरेका छन् ।

श्रीलङ्काका राष्ट्रपति स्वदेश प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सिरिसेना र उनकी धर्मपत्नी जयन्ती पुष्पकुमारी यही भदौ १६ गतेदेखि नेपालको औपचारिक सद्भावना भ्रमणमा थिए ।


बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा राष्ट्रपति सिरिसेना नेतृत्वको प्रतिनिधिमण्डल यही भदौ १३ गतेदेखि नेपाल भ्रमणमा थियो । राष्ट्रपति सिरिसेनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले बिदाइ गरे ।


राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू एस परेरा, श्रीलङ्काका लागि नेपाली राजदूत प्राध्यापक विश्वम्भर प्याकुर्‍याल तथा शिष्टाचार महापाल दीपक अधिकारीलगायतले श्रीलङ्काली राष्ट्रपतिलाई बिदाई गरेका थिए ।

प्रकाशित : भाद्र १७, २०७५ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?