आन्दोलन गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मीलाई कडा कारबाहीको चेतावनी
काठमाडौँ — स्वास्थ्य मन्त्रालयले आन्दोलनरत चिकित्सक एवं स्वास्थ्यकर्मीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अत्यावश्यक सेवा ऐनको दफा ४ अनुसार कारबाही र जरिवाना गर्ने चेतावनी दिएको हो ।
प्रकाशित : भाद्र १७, २०७५ २१:११