कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

फिलिपिन्समा ४ नेपाली युवा बिचल्ली

काठमाडौँ — इन्टरनेट सञ्जालमा आएको विज्ञापनका भर परेर रेस्टुराँमा काम खोज्दै गएका सर्लाही र चितवनका ४ युवा फिलिपिन्स पुगेर ५ महिनायता बिचल्ली बनेका छन् ।

फिलिपिन्समा ४ नेपाली युवा बिचल्ली

राजधानी मनिलाबाट झण्डै २ घण्टा भित्रको सानो सहर डस्मा कभिटेमा सञ्चालनमा आउन लागेको एक भारतीय रेस्टुरेन्टमा काम गर्ने भनी आएको विज्ञापन गर्ने भारतीय सञ्चालकले विगतमा पनि थुप्रै नेपाली कामदार मगाएर अलपत्र पारेका थिए । बिचल्ली रहेकामध्ये सर्लाहीका २१ वर्षे बसन्त खड्काका अनुसार भारतीय सञ्चालक मनिषकुमार रविन्द्रप्रसाद देवले मनिला उत्रिएपछि नेपाली कामदारबाट जनही २ हजार डलर सेवा शुल्क लिएका थिए । देवले इन्टरनेटमा राखेको बिज्ञापन(जब सच)मा भर परेर चितवनका दीपेश श्रेष्ठ र सुनिल थापा भने ५ महिनाअघि मनिला गएका थिए । अर्को चरणमा, ४ महिनाअघि चितवनकै एलसी श्रेष्ठ र सर्लाहीका बसन्त खड्का ३ महिनाअघि मनिला गएका थिए ।


‘हामी टुरिस्ट भिसामा आएका हौं, तर काम पनि पाइएन,’बसन्तले फोनमा भने—‘अहिले भारतीय मालिक पनि बेपत्ता छन् । हामी डस्मा कभिटेकै एक रेष्टुरेन्टमा बसेर गुजारा चलाइरहेका छौं ।’ अब आफ्नै टिकट खर्च बेहोरेर घर जानुपर्ने स्थिती आएको र घरफिर्ती प्रकृयामा सहयोग चाहिरहेको बसन्तले भने । ‘छोरो बिचल्ली बनेको खबर सुनेका छौं,’सर्लाही, हरिवनबाट बसन्तका बुबा बालमुकुन्द खड्काले भने—‘रेष्टुराँमा राम्रो जागिर पाउने भनेर भारतीय संचालकलाई २ लाख रुपैयाँ र टिकटका लागि झण्डै १ लाख रुपैंया खर्च भएको थियो, अब पैसा डुबे पनि छोरो घर फर्कियोस् भन्ने इच्छा छ ।’

प्रकाशित : भाद्र १७, २०७५ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?