१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
समाचार

News

चिकित्सक र सरकारबीच ३ बुँदे सहमति, आन्दोलन एकसाता स्थगित

आन्दोलरत नेपाल चिकित्सक संघ र सरकारबीच ३ बुँदे सहमति भएको छ । सहमति भएसँगै संघले एकसाताका लागि आन्दोलनका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ ।

चिकित्सक र सरकारबीच ३ बुँदे सहमति, आन्दोलन एकसाता स्थगित

एम्बुलेन्स चालकलाई जामले सास्ती

केहि दिनअघि आफन्तलाई अचानक बिसञ्चो भएपछि जनकपुरका पवन कर्णले स्थानीय अस्पतालमा पुर्‍याए । तर चिकित्सकले तत्काल सामान्य उपचारपछि काठमाडौं रिफर गरिदिए । बिहान ६ बजे जनकपुरबाट हिँडेका उनी काठमाडौं पुग्दा २ बजिरहेको थियो । सामान्यता अन्य गाडीले पुर्‍याउने समय नै लाग्यो उपत्यका पुग्न । 

एम्बुलेन्स चालकलाई जामले सास्ती

संसद्‍मा पहिलोपटक मन्त्री–सांसद प्रश्नोत्तर

संघीय संसदमा सोमबारदेखि मन्त्रीसँग प्रश्नोत्तर (सवालजवाफ) कार्यक्रम सुरु भएको छ । संसद् नियमावलीमा यस्तो व्यवस्था पहिल्यैदेखि भए पनि पहिलोपटक अभ्यास गरिएको हो ।

संसद्‍मा पहिलोपटक मन्त्री–सांसद प्रश्नोत्तर

फिलिपिन्समा ४ नेपाली अलपत्र

इन्टरनेट सञ्जालमा आएको विज्ञापनको भर परेर रेस्टुरेन्टमा काम खोज्दै फिलिपिन्स पुगेका सर्लाही र चितवनका ४ युवक पाँच महिनादेखि बिचल्लीमा छन् । उनीहरू राजधानी मनिलाबाट झन्डै २ घण्टा टाढाको सानो सहर डस्मा कभिटेमा छन् ।

फिलिपिन्समा ४ नेपाली अलपत्र

बन्दीको मृत्यु उपचारक्रममै : गृह

गृह मन्त्रालयले बर्दियाको गुलरियाका राममनोहर यादवको मृत्यु उपचारक्रममा भएको र थुनामा रहँदा प्रहरीले कुनै यातना नदिएको दाबी गरेको छ ।

बन्दीको मृत्यु उपचारक्रममै : गृह

चन्द र तराईका भूमिगत समूहसँग वार्ता गर्ने तयारी 

द्वन्द्वरत समूहहरूसँग वार्ता गर्न गठित सरकारी वार्ता टोलीले सचिवालय स्थापना गरेर काम थालेको छ । पूर्वमन्त्री एवं सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित टोलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत तराईमा संघर्षरत भूमिगत समूहसँग अनौपचारिक रूपमा वार्ता तयारी गरेको छ । 

चन्द र तराईका भूमिगत समूहसँग वार्ता गर्ने तयारी 

विदेशमा रहेकालाई मताधिकार सम्भव : निर्वाचन आयोग

निर्वाचन आयोगले आवश्यक कानुन र स्रोतको व्यवस्थापन भए विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिन सकिने जनाएको छ ।

विदेशमा रहेकालाई मताधिकार सम्भव : निर्वाचन आयोग

म्याद थप्दा थप्दै ७ वर्ष !

दोर्दीखोलामा निर्माणाधीन मोटरेबल पुल ७ वर्ष पुग्दा पनि अझै सम्पन्न हुन सकेको छैन । २ वर्षमा निर्माण सक्ने गरी बेंसीसहर ११, चितीको चित्रे र दोर्दी गाउँपालिका–४, नौथरको शेरा जोड्न निर्माणाधीन पुल अलपत्र पर्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । 

म्याद थप्दा थप्दै ७ वर्ष !

नेकपाका प्रवक्ता विश्वकर्मालाई रिहा गर्न सर्वोच्चको आदेश

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मालाई तत्काल थुनामुक्त गर्न बन्दीप्रत्यक्षीकरण आदेश जारी गरेको छ । नुवाकोट प्रहरीले पक्राउ गरेकोमा त्यसविरुद्ध विरेन्द्र विश्वकर्माले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले प्रक्रिया नपुयाई थुनामा नराख्न आदेश दिएको हो ।

नेकपाका प्रवक्ता विश्वकर्मालाई रिहा गर्न सर्वोच्चको आदेश

अध्ययन प्रतिवेदनको पर्खाइमा मकिदै सिंहदरबारको पश्चिम मोहडा

मुलुकको प्रुमख प्रशासनिक निकाय सिंहदरबारको ‘पश्चिमी मोहडा’ भत्काउने की सबलीकरण गर्ने भन्ने बहस लम्बिरहँदा भवनको संरचना दिनानुदिन कमजोर बन्दै गएको छ।

अध्ययन प्रतिवेदनको पर्खाइमा मकिदै सिंहदरबारको पश्चिम मोहडा

बिमस्टेक घोषणापत्र कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा जारी गरिएको बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिमस्टेक) को चौथो सम्मेलनले पारित गरेका १८ बुँदे घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।  

बिमस्टेक घोषणापत्र कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

कञ्चनपुर घट्नामा कांग्रेसले भन्यो : प्रारम्भदेखि नै स्थानीय प्रशासनको गम्भीरता देखिएन 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कञ्चनपुर घटनालाई स्थानीय प्रशासनले प्रारम्भदेखिनै गम्भिरता पूर्वक नलिएको बताएको छ । कांग्रेस नेता एवं सांसद दिलेन्द्र बडुले घट्नाको स्थलगत अध्ययनपछि सोमबार संसदमा बोल्दै प्रहरीले छानविनमा ढिलाई गर्दै मुद्दालाई फितलो बनाउने काम गरेको बताए । 

कञ्चनपुर घट्नामा कांग्रेसले भन्यो : प्रारम्भदेखि नै स्थानीय प्रशासनको गम्भीरता देखिएन 

उपत्यकामा सात पार्क बनाइँदै

उपत्यकामा धेरैको गुनासो रहन्छ, 'खुला क्षेत्र नै छैन । यसो घुम्न, हावा खाना र केही समय विताउने ठाउँ नै छैन ।' अव भने यस्ता गुनासोहरु होला की ? उपत्यका वरिवरि ७ वटा हरियाली पार्क (हरित उद्यान) बनाउन सुरु भएको छ ।

उपत्यकामा सात पार्क बनाइँदै

राहदानीमा त्रुटि : राष्ट्रियता तिब्बतीयन, धादिङकाे ठेगानामा डाेटी

परराष्ट्र मन्त्रालयबाट आफ्नो नाममा जारी राहदानीमा ठेगाना र राष्ट्रियता नै फरक लेखिएको हात परे पछि गजुरी–१ कि स्थायी बासिन्दा मुक्तिकला लामिछाने छक्क परिन् र फेरि जिल्ला प्रशासनमै पुगिन् ।

राहदानीमा त्रुटि : राष्ट्रियता तिब्बतीयन, धादिङकाे ठेगानामा डाेटी

सांसद–मन्त्री प्रश्नाेत्तर : ५ प्रतिशत अनुदानमा शैक्षिक कर्जा कहिले ?

सांसदहरुले शिक्षामन्त्री गिरीराजमणि पाेखरेललाई सरकारले विपन्न समुदायका विद्यार्थीलाई दिने भनिएकाे शैक्षिक कर्जा सुरु नहुनुकाे कारण साेधेका छन् ।

सांसद–मन्त्री प्रश्नाेत्तर : ५ प्रतिशत अनुदानमा शैक्षिक कर्जा कहिले ?

स्वास्थ्य राज्यमन्त्री र चिकित्सकहरुबीच छलफल जारी [अपडेट]

मुलुकी फौजदारी (संहिता) ऐनमा संशाेधनकाे माग गर्दै अान्दाेलनमा उत्रिएका चिकित्सकहरुसँग स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले छलफल गरिरहेका छन् ।  

स्वास्थ्य राज्यमन्त्री र चिकित्सकहरुबीच छलफल जारी [अपडेट]

जनभावना अनुसार संहिता सुधार हुनुपर्छ : देउवा

कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकी ऐनलाई हटाएर नयाँ कानुन बनाउने विषयमा सबै पक्ष जानकार भएको बताएका छन् । 

जनभावना अनुसार संहिता सुधार हुनुपर्छ : देउवा

एकै विद्यालयमा सय अनाथ

सहिदभूमि गाउँपालिकास्थित ठाकुरदेवी माविमा १ कक्षामा पढ्ने ४ वर्षीया संस्कृति राई अनाथ हुन् । उनलाई पालनपोषण गर्ने कोही छैन । बाबुको केही वर्षअघि मृत्यु भयो ।

एकै विद्यालयमा सय अनाथ

मातृशिशु उपचार केन्द्र भवन अलपत्र

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातृ तथा शिशु उपचार केन्द्र (एमसीएच) को निर्माणाधीन भवन अलपत्र परेको छ । हालिएका रड खिया लाग्न थालेका छन् । पिलर र पर्खालहरू भत्किने अवस्थामा पुगेका छन् ।

मातृशिशु उपचार केन्द्र भवन अलपत्र

बाँदरको उपद्रोले खेतबारी बाँझो

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जग्गा बाँझो राख्न नदिने नियम ल्याउने बताइरहेका बेला यहाँका केही बाली लाग्दै आएका जमिन बाँझिन थालेका छन् ।

बाँदरको उपद्रोले खेतबारी बाँझो

श्रीमान्‌ले नै लगाए आगो

मट्टितेल खन्याएर श्रीमान्ले लागो लगाउँदा झापा कमल गाउँपालिकाकी एक महिला गम्भीर घाइते भएकी छन् । आगाले उनको ४० प्रतिशत भाग जलेको चिकित्सकले बताए ।

श्रीमान्‌ले नै लगाए आगो

कांग्रेस कार्यसमिति दोब्बर हुने

कांग्रेस केन्द्रीय कार्यसमितिको आकार अब झन्डै दोब्बर हुने भएको छ । महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको विधान संशोधन मस्यौदा समितिले १ सय ५० जनासम्मको कार्यसमिति बनाउने गरी विधान संशोधन गर्न सैद्धान्तिक सहमति जुटाएको छ ।

कांग्रेस कार्यसमिति दोब्बर हुने

साथीकै बाबुबाट बलात्कृत

सँगै पढ्ने साथीका बुबाबाट १४ वर्षे किशोरी बलात्कृत भएकी छिन् । एसपी विनोद घिमिरेका अनुसार घोडाघोडी नगरपालिका–६ की ती किशोरीलाई गत बुधबार हर्कबहादुर कुँवरले राति घरमा कोही नभएका बेला पछयौराले मुख र हात बाँधेर बलात्कार गरेका हुन् ।

साथीकै बाबुबाट बलात्कृत

कालो झन्डा देखाउँदा पक्राउ परेका बन्दीको मृत्यु

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाएको आरोपमा भदौ ७ गते पक्राउ परेका राममनोहर यादवको उपचारका क्रममा शिक्षण अस्पताल काठमाडौंमा मृत्यु भएको छ ।

कालो झन्डा देखाउँदा पक्राउ परेका बन्दीको मृत्यु

‘संयुक्त सैन्य अभ्यास नीतिविपरीत’

बिमस्टेक राष्ट्रबीच संयुक्त सैन्य अभ्यास गर्ने सहमतिप्रति प्रमुख सत्तारूढ दल नेकपाका नेताहरूले आपत्ति जनाएका छन् । संयुक्त सैन्य अभ्यासजस्तो गम्भीर विषयमा पार्टीभित्र छलफल नभएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् ।

‘संयुक्त सैन्य अभ्यास नीतिविपरीत’

चिकित्सक आन्दोलन: समाधान खोज्न संसदीय समितिको निर्देशन

राष्ट्रिय सभाको विधायन समितिले चिकित्सकका माग सम्बोधन गर्ने उपाय पत्ता लगाउन सरकारलाई निर्देशन दिएको छ । मुलुकी फौजदारी (संहिता) ऐनमा भएका उपचारसम्बन्धी व्यवस्था संशोधनको माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि समितिले यस्तो निर्देशन दिएको हो ।

चिकित्सक आन्दोलन: समाधान खोज्न संसदीय समितिको निर्देशन