२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

साथीकै बाबुबाट बलात्कृत

धनगढी — सँगै पढ्ने साथीका बुबाबाट १४ वर्षे किशोरी बलात्कृत भएकी छिन् । एसपी विनोद घिमिरेका अनुसार घोडाघोडी नगरपालिका–६ की ती किशोरीलाई गत बुधबार हर्कबहादुर कुँवरले राति घरमा कोही नभएका बेला पछयौराले मुख र हात बाँधेर बलात्कार गरेका हुन् ।

साथीकै बाबुबाट बलात्कृत

‘स्थानीयले गाउँमै मिलाउन खोजेका रहेछन् । सहमति नभएपछि प्रहरीसमक्ष खबर आएको रहेछ,’ उनले भने, ‘हाल उनी फरार छन् ।’ किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय सुखडमा शुक्रबार उजुरी दिएपछि कुँवरमाथि जबरजस्ती करणी मुद्दा दर्ता गरी खोजी थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १८, २०७५ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?