१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

जनभावना अनुसार संहिता सुधार हुनुपर्छ : देउवा

रमेशकुमार पौडेल

चितवन — कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकी ऐनलाई हटाएर नयाँ कानुन बनाउने विषयमा सबै पक्ष जानकार भएको बताएका छन् । 

जनभावना अनुसार संहिता सुधार हुनुपर्छ : देउवा

नेपाल प्रेस युनियन चितवन शाखाले सोमबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले नयाँ सहिता आउने बारे सरोकारवाला सबैलाई पहिल्यै जानकारी रहेको बताए ।


भदौ १ गतेदेखि नयाँ देवानी संहिता र फौजदारी संहिता लागु भएको छ । उक्त कानुन एक वर्षअघि नै पारित भएको थियो ।


नयाँ फौजदारी संहिताले आफूहरुलाई अपराधी सरह बनाउने भन्दै चिकित्सकहरु कडा आन्दोलनमा उत्रिएका छन् । पत्रकारका संघ संस्था पनि विरोधमा छन् । सभापति देउवाले यो विषय जनभावना र जनताको आवाज अनुसार सुधार हुनु पर्ने बताए ।

प्रकाशित : भाद्र १८, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?