स्वास्थ्य राज्यमन्त्री र चिकित्सकहरुबीच छलफल जारी [अपडेट]

अतुल मिश्र

काठमाडौँ — मुलुकी फौजदारी (संहिता) ऐनमा संशाेधनकाे माग गर्दै अान्दाेलनमा उत्रिएका चिकित्सकहरुसँग स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले छलफल गरिरहेका छन् ।  

राज्यमन्त्री यादवसँग चिकित्सकहरुसँग मुलुकी फौजदारी एेनमा भएका उपचारसम्बन्धी चित्त नबुझेका बुँदाहरुबारे छलफल भइरहेकोनेपाल चिकित्सक संघका महासचिव लोचन कार्कीले बताए ।

Yamaha

स्वास्थ्य मन्त्रालयमाजारी छलफलमा चिकित्सक संघका अध्यक्ष,महासचिव लगायतका पदाधिकारीहरु छन् ।

मुलुकी फौजदारी (संहिता) ऐनमा भएका उपचारसम्बन्धी व्यवस्था संशोधनको माग गर्दै मुलुकभरका चिकित्सकहरु अाइतबारदेखि आन्दोलित छन्।

प्रकाशित : भाद्र १८, २०७५ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

५४ लाखसहित पाँच हुण्डी कारोबारी पक्राउ

रासस

पर्सा — नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद रुपैयाँलाई साेमबार पर्सा प्रहरीले सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएकोे ५४ लाख ९६ हजार र हुण्डीको कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जना अभियुक्तलाई सार्वजनिक गरेको हो ।

वीरगञ्जको घडिआर्व र माइस्थान चोकमा हुण्डी कारोबार भएको सूचनाका आधारमा कारवाही गर्दा स्रोत खुलाउन नसकेको भारी परिमाणमा नेपाली रुपैयाँ बरामद भएपछि आवश्यक अनुसन्धानका लागि दुई जना भारतीय र तीन जना नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापालेबताए ।

उनले अवैध कारोबारमा संलग्न भएको अभियोगमा पर्साको बिन्दवासनी गाउँपालिका–५का पवनकुमार गुप्ता, वीरगञ्ज–६ का अजय मानन्धर, बारा सिम्रौनगढ नगरपालिका–१का अजयकुमार जैशवाल, भारत विहार रक्सौलकाअशोक श्रीवास्तव र भारत विहार रामगढवा निवासी सावीर मियाँलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए ।

पक्राउ परेका मध्ये पवनकुमार गुप्ता र अजयकुमार जैसवाल अवैध मुद्राको मुख्य कारोबारी भएको अनुसन्धानबाट खुलेको नायब उपरीक्षक थापाले जानकारी दिए ।

आइतबार अपराह्न्न प्रहरीले छापा मार्दा नियन्त्रणमा लिएका ८जना मध्ये तीनको काराेबारमा संलग्नता नदेखिएपछि उनीहरुलाई छाडिएको थापाले बताए ।

बरामद गरिएकोरकम र पक्राउ परेका व्यक्तिलाई आजै राजश्व अनुसन्धान विभाग पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १८, २०७५ १०:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT