कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्य राज्यमन्त्री र चिकित्सकहरुबीच छलफल जारी [अपडेट]

अतुल मिश्र

काठमाडौँ — मुलुकी फौजदारी (संहिता) ऐनमा संशाेधनकाे माग गर्दै अान्दाेलनमा उत्रिएका चिकित्सकहरुसँग स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले छलफल गरिरहेका छन् ।  

स्वास्थ्य राज्यमन्त्री र चिकित्सकहरुबीच छलफल जारी [अपडेट]

राज्यमन्त्री यादवसँग चिकित्सकहरुसँग मुलुकी फौजदारी एेनमा भएका उपचारसम्बन्धी चित्त नबुझेका बुँदाहरुबारे छलफल भइरहेको नेपाल चिकित्सक संघका महासचिव लोचन कार्कीले बताए ।


स्वास्थ्य मन्त्रालयमा जारी छलफलमा चिकित्सक संघका अध्यक्ष,महासचिव लगायतका पदाधिकारीहरु छन् ।


मुलुकी फौजदारी (संहिता) ऐनमा भएका उपचारसम्बन्धी व्यवस्था संशोधनको माग गर्दै मुलुकभरका चिकित्सकहरु अाइतबारदेखि आन्दोलित छन् ।

प्रकाशित : भाद्र १८, २०७५ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?