कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कञ्चनपुर घट्नामा कांग्रेसले भन्यो : प्रारम्भदेखि नै स्थानीय प्रशासनको गम्भीरता देखिएन 

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कञ्चनपुर घटनालाई स्थानीय प्रशासनले प्रारम्भदेखिनै गम्भिरता पूर्वक नलिएको बताएको छ । कांग्रेस नेता एवं सांसद दिलेन्द्र बडुले घट्नाको स्थलगत अध्ययनपछि सोमबार संसदमा बोल्दै प्रहरीले छानविनमा ढिलाई गर्दै मुद्दालाई फितलो बनाउने काम गरेको बताए । 

कञ्चनपुर घट्नामा कांग्रेसले भन्यो : प्रारम्भदेखि नै स्थानीय प्रशासनको गम्भीरता देखिएन 

‘घटनालाई ढाकछोप गरेको भन्ने पीडित परिवार र जनताको गुनासो स्पष्ट सुनियो’ उनले भने, ‘हामीले अध्ययन गर्दा समेत त्यस्तै पाईयो ।’


कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कञ्चनपुर घट्नाको स्थलगत अध्ययनका लागि बडु र अर्का सदस्य बीरवहादुर बलायरलाई खटाएको थियो । फर्केपछि उनीहरुले प्रधानमन्त्री केपी ओली शर्मालाई भेटेरै घट्नास्थलको बास्तविकता समेत जानकारी गराएका छन ।


‘अब सशक्त आन्दोलनमा जानु पर्ने र राष्ट्रले थप क्षति व्यहोर्नु पर्ने अप्रिय स्थित आउन नदिनेतर्फ जिम्मेबारी बन्न सरकारको ध्यानआकर्षण गराउन चाहन्छौं’ बडुले संसदमा भने ।

प्रतिवेदनको पूर्णपाठ:

प्रकाशित : भाद्र १८, २०७५ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?