बिमस्टेक घोषणापत्र कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

रासस/याेन्हाप

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा जारी गरिएको बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिमस्टेक) को चौथो सम्मेलनले पारित गरेका १८ बुँदे घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।  

Yamaha

काठमाडौँमा यही भदौ १४ र १५ गते चलेको शिखर सम्मेलनमा जारी घोषणापत्र कार्यान्वयन गर्न सम्बद्ध पदाधिकारीलाई उनले निर्देशन दिएका हुन् ।

सम्मेलनबाट जारी घोषणापत्रमा गरिबी निवारण, यातायात र सूचना प्रविधिको सम्पर्क र सञ्जाल विस्तार, वातावरण, ऊर्जा, प्रविधि र प्राकृतिक प्रकोपको व्यवस्थापन, मत्स्य र कृषिपालन, जनस्वास्थ्य, सांस्कृतिक समन्वय, पर्यटन, हिमाल र समुद्र नथा नदीनालाको अर्थतन्त्र (माउन्टेन एण्ड ब्लु एकोनोमी) आदि उल्लेख गरिएको छ ।

बिमस्टेक सम्मेलन समापनपछि पहिलो पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आयोजित समीक्षा गोष्ठीमा प्रधानमन्त्री ओलीले बिमस्टेक र सार्क राष्ट्रका गतिविधि समान रुपमा र सक्रियतापूर्वक अगाडि बढ्ने जानकारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

गोष्ठीमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरको सम्मेलनस्थल प्रयोग गर्न नसकिएको र पर्याप्त बुलेटप्रुफ गाडीसमेत नभएको स्थितिमा सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न सर्वसाधारण, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी एवं सञ्चारकर्मीले पुर्याएको योगदानप्रति धन्यवाद व्यक्त गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए ।

समीक्षा कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्री, सुरक्षा निकाय र सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

Esewa Pasal

प्रकाशित : भाद्र १८, २०७५ १६:३०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कालीगण्डकीमा खसेर बिरामी बेपत्ता

घनश्याम खड्का-

म्याग्दी — बेनी–जोमसोम सडकबाट चिप्लिएर काली गण्डकीमा एक बिरामी खस्दा बेपत्ता भएका छन् । उपचार गराउन सदरमुकाम हिँडेका अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्का ४६ वर्षीय बमबहादुर पुर्जा सोमबार दिउँसो १ बजे कालीगण्डकी नदीमा खस्दा बेपत्ता भएका हुन् ।

बेनी–जोमसोम सडकमा खसेको पहिरोले यातायात अवरुद्ध भएपछि हिँडेर पहिरो पार गर्ने क्रममा अन्नपूर्ण गाउँपालिका–६ घारको भीरकाटेमा चिप्लिएर बामबहादुर कालीगण्डकी नदीमा खसेका प्रहरीले जनाएको छ ।

पेट सम्बन्धि रोगबाट धेरै दिनदेखि थलिएका पुर्जालाई उपचारका लागि गाउँपालिकाको एम्बुलेन्स लिएर श्रीमति मिठू पुर्जासहित हिँडेका थिए ।

बाटो अवरुद्ध भएपछि एम्बुलेन्सबाट झरेर श्रीमतिको हात समाएर पहिरो छिचोल्ने क्रममा बमबहादुर चिप्लिएर नदीमा खसेका थिए ।

प्रकाशित : भाद्र १८, २०७५ १५:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT