अध्ययन प्रतिवेदनको पर्खाइमा मकिदै सिंहदरबारको पश्चिम मोहडा

अध्ययन प्रतिवेदन पूर्ण हुन अझै दुई साता लाग्ने
सबलीकरणको उपाय पहिल्याइनेछ : कार्यकारी अधिकृत ज्ञवाली 
देवेन्द्र भट्टराई

काठमाडौं — मुलुकको प्रुमख प्रशासनिक निकाय सिंहदरबारको ‘पश्चिमी मोहडा’ भत्काउने की सबलीकरण गर्ने भन्ने बहस लम्बिरहँदा भवनको संरचना दिनानुदिन कमजोर बन्दै गएको छ।

तीन वर्षअघि गएको भूकम्पका कारण क्षतिग्रस्त बनेको सिंहदरबारका पूर्वी, उत्तरी र दक्षिणी मोहडामा सबलीकरण (रेट्रोफिटिङ) जारी रहेपनि पश्चिमी मोहडालाई भने अझै अध्ययन/अनुसन्धानकै क्रममा राखिएको छ। युरोपेली शैली–संरचना (नियो–क्लासिकल)मा राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा बनेको सिंहदरबारको पश्चिमी भागमै बेलायती बैठकदेखि स्टेट हलसम्मका विशिष्ट संरचना छन्।

‘सिंहदरबारका तीन मोहडासहितको मुख्य भागमा भने तीन महिनायता रेट्रोफिटिङ जारी छ,’ राष्ट्रिय पूनर्निर्माण प्राधिकरणका एक अधिकारीले भने, ‘अब १५ महिनामा सक्नुपर्ने रेट्रोफिटिङको शर्मा न्यू टेक्निकलले ठेक्का पाएको छ, यसमा २४ करोड रुपैयाँ बिनियोजित छ।’

Yamaha

तर पश्चिमी मोहडा जिर्ण र संवेदनशील भएका कारण विषयविदको एउटा टोलीले जारी राखेको अध्ययनपछि मात्रै सवलीकरण गर्नेबारेमा टुंगो लाग्ने भएको छ। यो टोलीमा प्राधिकरणका सहसचिव राजु मानन्धर संयोजक रहेका छन्। टोलीले अब दुई सातामा आफ्नो अध्ययन प्रतिवेदन प्राधिकरणलाई बुझाउँदैछ।

‘यो ऐतिहासिक संरचना जोगाउने पक्षमा र सबलीकरण गर्ने पक्षमा निर्णय आउने अपेक्षा छ,’ प्राधिकरणका नवनियुक्त कार्यकारी अधिकृत शुशिल ज्ञवालीले पश्चिमी मोहडाको स्थलगत भ्रमणपछि भने, ‘टोलीको सुझाव प्रतिवेदन आउनासाथै सबलीकरणको मोडालिटी निर्धारण गरिनेछ।’

अहिले पश्चिम मोहडातर्फ माटो परीक्षणको काम समेत भैरहेको छ। जीएस सोयल एण्ड म्याटरियल इन्जिनियरिङका प्राविधिकले सोमबार मात्रै सिंहदरबार पश्चिमी मोहडाको १६ मिटर मुनिको माटो परीक्षण गरेको थियो। यो तहमा ‘कमजोर माटोको संरचना’ पाइएपछि थप विशिष्ट परीक्षण गरिने भएको छ।

‘सिंहदरबार जोगाउनेबारेमा बहस जारी रहेकै बेला यो संरचना जोगाउन भनेर प्लास्टिक ओतले छोपछाप गर्ने निर्णय भएको थियो,’ अध्ययन टोलीका संयोजक समेत रहेका सहसचिव मानन्धरले भने, ‘पश्चिमी मोहडाको बेलायती बैठक कक्षमाथि भने प्लास्टिक ओतको कुनोमा पानी जमेर पोखरी बनेको अवस्था रहेछ, एकपट्टिको पर्खाल भिजेर संरचना निकै कमजोर बनेको स्थिती छ।’ तर, सबलीकरणको जुनै उपाय लगाएर भएपनि सिंहदरबारको यो ‘सिग्नेचर’ संरचना जोगाउन सकिने अठोट मानन्धरले दोहोर्‍याए।

तस्बिर : अंगद ढकाल

Esewa Pasal

प्रकाशित : भाद्र १८, २०७५ १७:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सामूहिक बलात्कारको आरोपमा ३ पक्राउ

कान्तिपुर संवाददाता

दमक — १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गेष्टहाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दमक नगरपालिका-१ का सुमन राई र समिर श्रेष्ठ तथा कमल गाउँपालिका-५ का किरण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


सुमन र समिर साथी हुन भने किरण गेष्ट हाउसमा काम गर्छन्। उनीहरुले साउन २९ गते ती किशोरीलाई सामूहिक बलात्कार गरेका थिए। दबाबका कारण बलात्कारको घटना ढिला सार्वजनिक भएको हो। दमकमा डेरा गरेर बस्ने उनी कक्षा ९ मा अध्ययन गर्छिन्। एक्लै बसेको थाहा पाएपछि सुमनले ललाइफकाई बाइकमा राखेर घुमाउन लगेका थिए।

बाइकमा राखेर घुमाउन लाने क्रममा सुमनले साथी समिरलाई पनि बोलाएका हुन्। उनीहरु त्यस दिन मोरङको उर्लाबारी, बेतिनी सिमसार, मधुमल्लालगायत स्थानमा दिनभरि घुम्ने र रमाइलो गरेका थिए। बेलुका दमक फर्किएपछि सुमनले किशोरीलाई गेष्ट हाउस लगे। उनीहरु रातभर त्यही बसे।

बिहानको ३ बजेतिर उठेर सुमन नास्ता लिन गएको भन्दै गेष्ट हाउसको कोठाबाट बाहिरिएका थिए। सुमन बाहिरिएपछि कोठामा समिर पसेको बताइएको छ। एकैछिन पछि गेष्टहाउसमा काम गर्ने किरण पनि कोठाभित्र पसे।

प्रतिकारबीच उनीहरुले सामूहिक बलात्कार गरेको इलाका प्रहरीका डीएसपी श्यामलकुमार सुब्बाले बताए। बलात्कारका क्रममा चिच्याएको गेष्ट हाउस आसपासका बासिन्दाले समेत सुनेका थिए। डरधम्की देखाएपछि उनले घटना सार्वजनिक गरेकी थिइनन्। त्यसलगत्तै उनी घर गएकी थिइन्। घरबाट फर्किएपछि गेष्ट हाउसनजिकैकाले सोधीखोजी गर्दा घटना बाहिर आएको डीएसपी सुब्बाले बताए।

बलात्कार आरोपीलाई प्रहरीले जबरजस्ती करणी मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाएको छ। उनीहरु पक्राउ परेलगत्तैदेखि मिल्न पीडित पक्षलाई दबाब आउन थालेको छ। दबाबका कारण किशोरी डेरामा बसेर विद्यालय जान पाइरहेकी छैनन्। दैनिकजसो नयाँ अनुहारका व्यक्ति आएर मिल्न दबाब दिएपछि उनी माइती नेपाल काँकडभिट्टाको संरक्षणमा छिन्।

प्रकाशित : भाद्र १८, २०७५ १७:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT