३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बन्दीको मृत्यु उपचारक्रममै : गृह

काठमाडौँ — गृह मन्त्रालयले बर्दियाको गुलरियाका राममनोहर यादवको मृत्यु उपचारक्रममा भएको र थुनामा रहँदा प्रहरीले कुनै यातना नदिएको दाबी गरेको छ ।

बन्दीको मृत्यु उपचारक्रममै : गृह

गृहले सोमबार विज्ञप्ति जारी गरेर भदौ ५ गते गुलरिया–५ मा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाई विखण्डनको नारा लगाएका कारण यादवसहित अन्य चार जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।


जिल्ला अदालत बर्दियाबाट सात दिन म्याद थपेर थुनामा राखिएका यादव १४ गते एक्कासि बिरामी भएपछि जिल्ला अस्पताल गुलरिया पठाइएको विज्ञप्तिमा उल्लेख छ । उक्त अस्पतालले भेरी अञ्चल अस्पतालमा सिफारिस गरेको तर त्यहाँ सघन उपचार कक्ष नभएकाले नेपालगन्ज मेडिकल कलेज बाँकेमा उपचार गरिएको थियो ।


स्वास्थ्यमा सुधार नभएपछि यादवलाई १५ गते त्रिवि शिक्षण अस्पताल ल्याइएको र १६ गते उनको मृत्यु भएको गृहले जनाएको छ । गृहले विज्ञप्तिमा भनेको छ, ‘यादवको उपचारमा अधिकतम प्रयत्न गरिएको हो । उनको मृत्यु प्रहरी हिरासतमा भएको र यातना दिइएकोजस्ता विषयमा सत्यता छैन ।’


प्रकाशित : भाद्र १८, २०७५ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?