समाचार
भाद्र १९, २०७५

ट्राफिक नियम पालना नगरे खाजा र चकलेट !

गाडी सानो होस् वा ठूलो चालकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), गाडीधनी पुर्जालगायत कागजपत्र साथमा राख्नुपर्ने नियम छ । गाडीको अवस्था चुस्त हुनुपर्छ । ट्राफिक नियम पालना गरी चलाउनुपर्छ । नियम पालना नगरे कारबाही भोग्नुपर्छ ।

वैयक्तिक गोपनीयता विधेयक : ९० विषयमा संशोधन प्रस्ताव

सार्वजनिक पद धारण गरेका व्यक्तिकै धेरै विषय गोप्य राख्ने गरी ल्याइएको वैयक्तिक गोपनीयताको विधेयकमाथि दर्जनौं सांसदले संशोधन प्रस्ताव राखेका छन् । उनीहरू सार्वजनिक पदधारीको सम्पत्ति, शैक्षिक योग्यता प्रमाणपत्रलगायत विवरण सार्वजनिक गर्न रोक लगाउन नहुने पक्षमा छन् । 

अन्तर प्रदेश परिषदको बैठक बस्ने

अन्तर प्रदेश परिषदको पहिलो बैठक आइतबार ११ बजे काठमाडौंमा बस्दै छ । परिषद् बैठकका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तयारी गरिरहेको छ ।

तथ्यांक सेवा यथावत राख्न माग

निजामती सेवामा विकास प्रशासनको महत्त्वपूर्ण अंगका रूपमा रहेको ‘आर्थिक योजना तथा तथ्यांक सेवा’ यथावत् राख्नुपर्ने कर्मचारीले माग गरेका छन् ।

साक्षरता अभियान : दस वर्षमा पनि पूरा भएन

दुई वर्षभित्र सबै निरक्षरलाई साक्षर बनाउने सरकारी घोषणा १० वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार ३० जिल्लाका ३ लाख सर्वसाधारण अझै साधारण लेखपढसम्म गर्न सक्दैनन् ।

संयुक्त सैन्य अभ्यासको सम्झौता भएको छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले बिमस्टेक शिखर सम्मेलनमा संयुक्त सैन्य अभ्यास गर्ने सहमति नभएको बताएका छन् । ‘सैन्य अभ्यास गर्ने कुरा कहाँबाट आयो ? कसको सैन्य अभ्यास ?’ प्रतिनिधि सभामा सांसदले राखेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘यस्तौ कुरा आउँछ भनेर घोषणापत्र बोकेर बसेको छु । घोषणपत्रको पूर्ण पाठ बजारभर आएको छ ।’

बिमस्टेक सम्मेलनबाट नेपालको प्रतिष्ठा र क्षमता बढ्यो : प्रधानमन्त्री 

प्रधानमन्त्री केपी ओलीले बिमस्टेकको चौथो शिखर सम्मेलन आयोजना गरेर नेपालको प्रतिष्ठा र क्षमता बढाएको बताएका छन् । भर्खरै सम्पन्न बिमस्टेक सम्मेलनबारे मंगलबार सदनलाई जानकारी दिँदै प्रधानमन्त्री ओली यस शिखर सम्मेलनबाट नेपालको प्रभाव प्रतिष्ठा, विश्वसनातियता, क्षमतासमेत वृद्धि गरेको बताए ।

ADVERTISEMENT

राजदूत अर्यालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

जोर्डनका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्यालले त्यहाँका राजा अब्दुल्ला द्वितीय इब्न हुसेनलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । 

नेकपाका प्रवक्ता विश्वकर्मा फेरि पक्राउ, काठमाडाैंबाट भोजपुर लगियो

सर्वोच्च अदालतको आदेशमा सोमबार रिहा भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवं पूर्वमन्त्री खडगबहादुर विश्वकर्मालाई भोजपुर लगिएको छ ।

मुलुकी संहिता सुधार गर्नुपर्छ : पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । 

असन्तुष्ट समूहको माग वार्ताबाटै समाधान : टोली संयोजक पाण्डेय

सरकारको उच्चस्तरीय वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेयले मुलुकका सबै विद्रोही समूह र पार्टीसँग वार्ता हुने बताएका छन् । उनले असन्तुष्ट सबै पक्षको माग वार्तामार्फत नै पूरा हुने बताए । 

सफल बन्दै जटिल शल्यक्रिया

सुर्खेत विमानस्थलनजिकै घर बनाउने क्रममा असार अन्तिम साता एकतला माथिबाट खसेका मजदुर रमेश थारूको जस्तापातामा ठोकिएर दायाँ हातको कुहिनोदेखि चुँडियो ।

श्रमदानबाट ७ किमि बाटो

नलगाड नगरपालिका ८, हलचौरवासीले ७ किलोमिटर गोरेटो बाटो खनेका छन् । उनीहरूले नगरपालिकाको बगरादेखि हल्चौरगाउँ पुग्ने उक्त बाटो निर्माण गरेका हुन् ।

यादव मृत्यु प्रकरण: परिवारद्वारा छानबिन माग

स्थानीय जानकी गाउँपालिका ६, कपासीका राममनोहर यादव गत भदौ ७ गते बर्दियामा पार्टी बैठक भन्दै घरबाट निस्केका थिए । त्यही साँझ प्रहरीले उनलाई पक्राउ गरेको खबर परिवारले पाए ।

भेदभाव र छुवाछूत गरे २ लाख क्षतिपूर्ति

कसैले जातीय भेदभाव र छुवाछूत गरे दुई लाखसम्म क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । सरकारले जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न दण्ड, सजाय, क्षतिपूर्ति र जरिवानालाई दोब्बर पार्ने प्रस्तावसहित संसद्मा विधेयक पेस गरेको छ ।

गाेली प्रहारबाट एक घाइते

धनुषाको लक्ष्मीनियामा अज्ञात समूहको गाोली प्रहारबाट एक जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषामा लेखपढी व्यवसाय गर्दै आएका लक्ष्मीनिया गाउँपालिका–६ का ३५ वर्षीय सञ्जय शर्मा गोली प्रहारबाट घाइते भएका हुन।

ADVERTISEMENT

पप्पुलाई साढे ५ अर्बको पुल मात्रै

सरकारले विवादास्पद पप्पु कन्स्ट्रक्सन कम्पनीलाई पुल बनाउनकै लागि साढे ५ अर्ब रुपैयाँको ठेक्का दिएको पाइएको छ । एकपछि अर्को ठेक्का लिने तर काम नगर्ने पप्पु कम्पनीले राजनीतिक आड र दबाबले ठेक्का हात पारेको हो ।