३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गाेली प्रहारबाट एक घाइते

सन्तोष सिंह

जनकपुर — धनुषाको लक्ष्मीनियामा अज्ञात समूहको गाोली प्रहारबाट एक जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषामा लेखपढी व्यवसाय गर्दै आएका लक्ष्मीनिया गाउँपालिका–६ का ३५ वर्षीय सञ्जय शर्मा गोली प्रहारबाट घाइते भएका हुन।

गाेली प्रहारबाट एक घाइते

जनकपुरबाट मोटरसाइकलमा घर जाँदै गर्दा साेमबार राति साढे ९ बजे शर्मामाथि लक्ष्मीनिया बजार नजिकै गोली प्रहार भएको हो । शर्माको पेटमा दायाँ तर्फबाट गोली लागेको छ ।

मोटरसाइकलमा चढेर आएका २ जनाको समूहमा रहेका हतियारधारीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

शर्मालाई प्रहार गरिएको गोली शरिरबाट पार गर्दै मोटरसाइकलको ट्यांकीमा ठोकिएको थियो । शर्मालाई जनकपुर अञ्चल अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारकालागि काठमाडौं पठाइएको छ । घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : भाद्र १९, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?