भेदभाव र छुवाछूत गरे २ लाख क्षतिपूर्ति

कान्तिपुर संवाददाता

काठमाडौँ — कसैले जातीय भेदभाव र छुवाछूत गरे दुई लाखसम्म क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । सरकारले जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न दण्ड, सजाय, क्षतिपूर्ति र जरिवानालाई दोब्बर पार्ने प्रस्तावसहित संसद्मा विधेयक पेस गरेको छ ।

संविधानको धारा २४ मा रहेको छुवाछूत तथा भेदभावविरुद्धको मौलिक हक कार्यान्वयन गर्न ल्याइएको विधेयकमा प्रत्येक व्यक्तिलाई जातीय एवं अन्य सामाजिक भेदभाव तथा छुवाछूतविरुद्धको अधिकार हुने व्यवस्था छ । प्रत्येक व्यक्तिले छुवाछूत तथा भेदभावविरुद्ध उपचार र उचित क्षतिपूर्ति पाउने व्यवस्था छ ।

Yamaha

प्रकाशित : भाद्र १९, २०७५ ०७:२८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गाेली प्रहारबाट एक घाइते

सन्तोष सिंह

जनकपुर — धनुषाको लक्ष्मीनियामा अज्ञात समूहको गाोली प्रहारबाट एक जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषामा लेखपढी व्यवसाय गर्दै आएका लक्ष्मीनिया गाउँपालिका–६ का ३५ वर्षीय सञ्जय शर्मा गोली प्रहारबाट घाइते भएका हुन।

जनकपुरबाट मोटरसाइकलमा घर जाँदै गर्दा साेमबार राति साढे ९ बजे शर्मामाथि लक्ष्मीनिया बजार नजिकै गोली प्रहार भएको हो। शर्माको पेटमा दायाँ तर्फबाट गोली लागेको छ।

मोटरसाइकलमा चढेर आएका २ जनाको समूहमा रहेका हतियारधारीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

शर्मालाई प्रहार गरिएको गोली शरिरबाट पार गर्दै मोटरसाइकलको ट्यांकीमा ठोकिएको थियो। शर्मालाई जनकपुर अञ्चल अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारकालागि काठमाडौं पठाइएको छ।घटना बारेअनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित : भाद्र १९, २०७५ ०७:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT