कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

भौतिक संरचना भए नाका खुल्ने

सिन्धुपाल्चोक — नेपाल–चीन प्रतिनिधिबीच सोमबारको बैठकले नाका खोल्न भौतिक संरचना तयार हुनुपर्ने निर्णय गरेको छ ।

भौतिक संरचना भए नाका खुल्ने

भूकम्पपछि बन्द नाका निरीक्षणमा आएका चिनियाँ प्रमण्डलले नेपाली पक्षसँग संरचना तयारीको विषय उठाए । छलफलमा भाइस सेक्रेटरी जनरल अफ गभर्मेन्ट अफ टिबेट अटोमनस रिजनकी छुङलिउले नाका खोल्न चीनले चासो देखाएको बताइन् ।

दुवै तर्फबाट भौतिक रूपमा तयारी पूरा भएपछि केन्द्रीय सरकारबाट नाका खोल्न पहल हुने छ । ‘चीनको भौतिक संरचनाबारे निरीक्षण गराउँदै नेपालतर्फ तयारी गर्न अनुरोध गरिएको छ,’ सहायक प्रजिअ दुर्गा बन्जाडेले चीन पक्षको भनाइ उद्धृत गर्दै भनिन् ।

चिनियाँ कम्पनी सीआरसीसीले लार्चामा बनाइरहेको सुक्खा बन्दरगाहदेखि कोदारी राजमार्गबारे विषय उठान भएको उनले सुनाइन् । खासादेखि मितेरी पुलसम्मको खण्ड भनेचीनले बनाइसकेको छ ।

कोदारी राजमार्गको झाङ्मु पुलदेखि तिब्बतको न्यालमसम्म साबिकको सडक बनिसकेको छ ।बन्जाडेका अनुसार चीनले २ महिनामा सबै कुरा तयार गर्ने लक्ष्य लिएर अघि बढेको छ ।

सीधै तातोपानीको लार्चामा व्यापारिक सामान ओराल्ने रणनीति लिएको चीनले न्यालममा भन्सार, अध्यागमन र क्वारेन्टाइन कार्यालय बनाइसकेको छ । नेपालतर्फ भने कुनै संरचना तयार भएको छैनन् । निर्माणाधीन सुक्खा बन्दरगाहबाहेक सडकदेखि सीमा बजार प्राय: ध्वस्त छन् ।

प्रकाशित : भाद्र १९, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?