मुलुकी संहिता सुधार गर्नुपर्छ : पौडेल

रासस/याेन्हाप

तनहुँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । 

रिपोटर्स क्लब नेपाललेमंगलबार दमौलीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टी सभापतिको लागि आफ्नो कसैसँग तालमेल नभएको बताए। 'म व्यक्तिलाई होइन पार्टी र संगठनका कामलाई प्राथमिकता दिन्छु, संगठन बलियो भए मात्र पार्टीमा सबैको हित हुन्छ,' वरिष्ठ नेता पौडेलले भने।

Yamaha

लोकतन्त्र संस्थागत गर्न जनताका आधारभूत आवश्यकता पूरा गरेर विकासका कामलाई प्राथमिकतामा राखी काम गर्नुपर्ने भन्दै उनले विकास योजनालाई केन्द्रीकरणनगरी सङ्घीयता सृदृढ बनाउनेतर्फ केन्द्रीत गर्नुपर्ने बताए।

मुलुकी संहिता २०७४ कुनै पार्टी विशेषले नभइ सबै पार्टीले बनाएको प्रसङ्ग उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले प्रेस स्वतन्त्रता र स्वास्थ्य क्षेत्रमा देखिएका असन्तुष्टिका स्वरलाई संशोधन गरी सुधार गर्दै लैजानु पर्ने बताए।

Esewa Pasal

प्रकाशित : भाद्र १९, २०७५ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

असन्तुष्ट समूहको माग वार्ताबाटै समाधान : टोली संयोजक पाण्डेय

माधव अर्याल

पाल्पा — सरकारको उच्चस्तरीय वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेयले मुलुकका सबै विद्रोही समूह र पार्टीसँग वार्ता हुने बताएका छन् । उनले असन्तुष्ट सबै पक्षको माग वार्तामार्फत नै पूरा हुने बताए । 

प्रेस चौतारी र प्रेस सेन्टरले राखेको संयुक्त कार्यक्रममा उनले अब नेपालमा हिंसात्मक विद्रोही पक्ष भन्ने नै नरहने दाबीसमेत गरे।

‘विद्रोही गतिविधि गर्ने पार्टी र समूहसँग वार्ताका लागि छलफल चलिरहेको छ,’ उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीसँग कुरा भयो। अब केही दिनमा त्यसको नतिजा आउने छ।’

अहिले नेपालमा हिंसात्मक गतिविधि गर्ने मनसायका २३ वटा समूह रहेको उनले बताए। यस्तै गतिविधि गरिरहेका चार समूहसँग छलफल चलिरहेको बताउँदै उनले भने, ‘त्यसको पनि केही दिनमै नतिजा आउने छ।’

केही समूह हतियार बुझाउन पनि तयार भएको उनको दाबी छ। ‘मुलुकमा हिंसात्मक गतिविधि गर्ने मनसायका अन्यको पनि पहिचान गर्ने प्रयासमै छौ,’ उनले भने, ‘सबैको पहिचान गरी वार्ता हुन्छ।’ उनले अहिले सबैभन्दा ठूलो संगठनको रूपमा रहेको विप्लव नेतृत्वको नेकपासँग पनि वार्ताको लागि पहल भइरहेको बताए।

प्रकाशित : भाद्र १९, २०७५ ११:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT