मुलुकी संहिता सुधार गर्नुपर्छ : पौडेल

रासस/याेन्हाप

तनहुँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । 

रिपोटर्स क्लब नेपाललेमंगलबार दमौलीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टी सभापतिको लागि आफ्नो कसैसँग तालमेल नभएको बताए। 'म व्यक्तिलाई होइन पार्टी र संगठनका कामलाई प्राथमिकता दिन्छु, संगठन बलियो भए मात्र पार्टीमा सबैको हित हुन्छ,' वरिष्ठ नेता पौडेलले भने।

Yamaha

लोकतन्त्र संस्थागत गर्न जनताका आधारभूत आवश्यकता पूरा गरेर विकासका कामलाई प्राथमिकतामा राखी काम गर्नुपर्ने भन्दै उनले विकास योजनालाई केन्द्रीकरणनगरी सङ्घीयता सृदृढ बनाउनेतर्फ केन्द्रीत गर्नुपर्ने बताए।

मुलुकी संहिता २०७४ कुनै पार्टी विशेषले नभइ सबै पार्टीले बनाएको प्रसङ्ग उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले प्रेस स्वतन्त्रता र स्वास्थ्य क्षेत्रमा देखिएका असन्तुष्टिका स्वरलाई संशोधन गरी सुधार गर्दै लैजानु पर्ने बताए।

प्रकाशित : भाद्र १९, २०७५ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बिमस्टेक घोषणापत्र कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

रासस/याेन्हाप

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा जारी गरिएको बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिमस्टेक) को चौथो सम्मेलनले पारित गरेका १८ बुँदे घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।  

काठमाडौँमा यही भदौ १४ र १५ गते चलेको शिखर सम्मेलनमा जारी घोषणापत्र कार्यान्वयन गर्न सम्बद्ध पदाधिकारीलाई उनले निर्देशन दिएका हुन् ।

सम्मेलनबाट जारी घोषणापत्रमा गरिबी निवारण, यातायात र सूचना प्रविधिको सम्पर्क र सञ्जाल विस्तार, वातावरण, ऊर्जा, प्रविधि र प्राकृतिक प्रकोपको व्यवस्थापन, मत्स्य र कृषिपालन, जनस्वास्थ्य, सांस्कृतिक समन्वय, पर्यटन, हिमाल र समुद्र नथा नदीनालाको अर्थतन्त्र (माउन्टेन एण्ड ब्लु एकोनोमी) आदि उल्लेख गरिएको छ ।

बिमस्टेक सम्मेलन समापनपछि पहिलो पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आयोजित समीक्षा गोष्ठीमा प्रधानमन्त्री ओलीले बिमस्टेक र सार्क राष्ट्रका गतिविधि समान रुपमा र सक्रियतापूर्वक अगाडि बढ्ने जानकारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

गोष्ठीमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरको सम्मेलनस्थल प्रयोग गर्न नसकिएको र पर्याप्त बुलेटप्रुफ गाडीसमेत नभएको स्थितिमा सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न सर्वसाधारण, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी एवं सञ्चारकर्मीले पुर्याएको योगदानप्रति धन्यवाद व्यक्त गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए ।

समीक्षा कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्री, सुरक्षा निकाय र सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

प्रकाशित : भाद्र १८, २०७५ १६:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT