कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

नेकपाका प्रवक्ता विश्वकर्मा फेरि पक्राउ, काठमाडाैंबाट भोजपुर लगियो

देवनारायण साह

मोरङ — सर्वोच्च अदालतको आदेशमा सोमबार रिहा भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवं पूर्वमन्त्री खडगबहादुर विश्वकर्मालाई भोजपुर लगिएको छ ।

नेकपाका प्रवक्ता विश्वकर्मा फेरि पक्राउ, काठमाडाैंबाट भोजपुर लगियो

मंगलबार काठमाडौंबाट श्री एयरलायन्सको विमानबाट प्रहरीले विराटनगर हुँदै भोजपुर लगेको हो । विश्वकर्मलाई विराटनगर विमानस्थलबाट सुनसरीसम्म पुर्‍याएको जिल्ला प्रहरी मोरङ प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए ।


निर्वाचनताका चुनावी प्रचारप्रसारका क्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई लक्षित गरी बम बिष्फोट गराएको आरोपमा पक्राउ गरी कारबाहीका लागि भोजपुर लगिएको प्रहरी स्रोतले जनाएको छ ।


नुवाकोट प्रहरीले पक्राउ गरेकोमा त्यसविरुद्ध विरेन्द्र विश्वकर्माले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले प्रक्रिया नपुर्‍याई थुनामा नराख्न आदेश दिएको थियो । विश्वकर्मालाई अदालतले रिहा गर्न आदेश दिए पनि बारम्बार छाड्दै पक्राउ गरेकोमा गम्भीर चासो व्यक्त गर्दै सरकारको ध्यानाकर्षण समेत गराएको थियो ।


यसअघि चन्दा असुली अभियोगमा साउन २३ मा पक्राउ परेका विश्वकर्मालाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो । त्यस लगत्तै उनलाई अदालत बाहिर प्रहरीले पुन: पक्राउ गरेको थियो । यस्तै उनलाई विभिन्न मुद्दामा काभ्रे र नुवाकोटको अदालतमा उपस्थित गराउँदा त्यहाँका अदालतले समेत छोड्न आदेश दिँदा समेत उनलाई प्रहरीले छोड्दै पुन: अदालत परिसरबाटै पक्राउ गर्दै आएको छ ।

प्रकाशित : भाद्र १९, २०७५ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?