कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजदूत अर्यालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

रासस/याेन्हाप

काठमाडौँ — जोर्डनका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्यालले त्यहाँका राजा अब्दुल्ला द्वितीय इब्न हुसेनलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । 

राजदूत अर्यालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपाली दूतावास कायरोका अनुसार राजदूत अर्यालले यही भदौ १७ गते आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।


सो अवसरमा राजदूत अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट जोर्डनका राजा हुसेनको सुस्वास्थ्यको कामना गर्दै जोर्डनी जनताको सुख शान्तिको कामना गरेको सन्देशसमेत प्रदान गरेका थिए ।


राजा हुसेनले राजदूत अर्यालको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ सृदृढ बन्ने विश्वास व्यक्त गर्दै जोर्डन सरकारका तर्फबाट नेपाल र नेपालीको सुख शान्ति र समृद्धिको कामना गरेका थिए ।


राजदूत अर्याल र त्यहाँको परराष्ट्र मन्त्रालयका अधिकारीसँग भएको छलफलमा नेपाली नागरिकलाई जोर्डन सरकारका तर्फबाट रोजगारीको अवसर उपलब्ध गराउने, द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा अगाडि बढाउने लगायतका विषयमा समेत छलफल भएको नेपाली दूतावास कायरोले जनाएको छ ।

प्रकाशित : भाद्र १९, २०७५ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?