बिमस्टेक सम्मेलनबाट नेपालको प्रतिष्ठा र क्षमता बढ्यो : प्रधानमन्त्री 

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले बिमस्टेकको चौथो शिखर सम्मेलन आयोजना गरेर नेपालको प्रतिष्ठा र क्षमता बढाएको बताएका छन् । भर्खरै सम्पन्न बिमस्टेक सम्मेलनबारे मंगलबार सदनलाई जानकारी दिँदै प्रधानमन्त्री ओली यस शिखर सम्मेलनबाट नेपालको प्रभाव प्रतिष्ठा, विश्वसनातियता, क्षमतासमेत वृद्धि गरेको बताए ।

बिमस्टेक सम्मेलनबाट नेपालको प्रतिष्ठा र क्षमता बढ्यो : प्रधानमन्त्री 

उनले भने, 'नेपालले व्यवस्थित रुपमा गर्न सक्छ भन्ने देखाएको छ ।' नेपालले विमस्टेक सम्मेलन सावधानीका साथ आयोजना र सञ्चालन त्रुटिरहित गरेकोले प्रभावकारी र सफल भएको प्रधानमन्त्रीले बताए । यही भदौ १४ र १५ गते काठमाडौंमा आयोजना भएको सम्मेलन १८ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको थियो ।


बिमस्टेक सम्मेलन सफलता भएको भन्दै प्रधानमन्त्री ओलीले सोही अवसरमा म्यानमार र श्रीलंकाका राष्ट्रपतिसँग द्विपक्षीय भ्रमण र भारतका प्रधभामन्त्री नरेन्द्र मोदीसँग बिमस्टेकबाहेकका दुई देशका विभिन्न पक्षबारे कुराकानी भएको सदनलाई जानकारी दिए । यो सम्मेलनबाट सदस्य राष्ट्रहरुबीच तनाब नभई सहजताका साथ भावी दिसा र गन्तव्यमा अघि बढ्ने साझा निष्कर्ष निकालिएको उनले उल्लेख गरे । शिखर सम्मेलनबाट जारी काठमाडौं घोषणापत्रमा साझा निष्कर्ष, थुप्रे क्षेत्रहरु ओगटेको प्रधानमन्त्रीको भनाइ थियो ।


सबै राष्ट्रप्रमुख र सरकार प्रमुखसँग छुट्टाछुट्टै भएको भेटमा क्षेत्रीय हित र समस्याका समाधानका प्रयासबारेमा कुराकानी भएको प्रधानमन्त्रीले उल्लेख गरे । उनले सम्मेलनको अवसरमा आयोजना गरिएको अनौपचारिक राजनीतिक स‌ंवाद (रिट्रिट) मौसमका कारण बदल्नु परेको प्रस्ट्याए । गोकर्ण रिसोर्टमा हुने भनिएको रिट्रिट पछि सोल्टी होटलमा राखिएको थियो । प्रधानमन्त्री भने, 'हामी बीचमा रिट्रिट खुला साथको आत्तीय, सद्भावलाई अभिवृद्धि र समझदारी वातारण उपलब्धि भयो । फलदायी पनि भयो ।' उनले क्षेत्रीय सहयोगलाई थप उपलब्धि बनाउन घोषणापत्र जारी गरेको पनि बताए ।


सम्मेलनका अवसरमा उर्जा क्षेत्रमा सहयोग, व्यापार प्रवर्द्धनको समझदारी भएको उनले उल्लेख गरे । त्यस्तै विद्युत् उत्पादनको प्रयोग गरेर भारत, बिमस्टेक सदस्य राष्ट्रयलाई बिक्री गर्ने वातारण खुलेको पनि प्रधानमन्त्रीले बताए ।


प्रकाशित : भाद्र १९, २०७५ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?