पाँचवटा रेडपान्डा सहित दुई पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — पाँच वटा रेडपान्डा सहित प्रहरीले दुई जनालाई दरबारमार्गबाट पक्राउ गरेको छ ।

महानगरिय प्रहरी परिसर दरबारमार्गले बरामद गरेको रेडपान्डा ।


महानगरिय प्रहरी वृत्त दरबारमार्गले बोरामा हालेर रेडपान्डा बिक्री गर्न हिँडेका सोलखुम्बुका शुक्र राई र अजित बस्नेतलाई पक्राउ गरेको छ।

Yamaha


वृत्तका डिएसपी दानबहादुर मल्लका अनुसार उनीहरु रेडपान्डा बोकेर दुईवटा मोटरसाईकलमा बौद्धबाट दरबारमार्ग हुँदै कतै जाँदै थिए।

डिएसपी मल्लले भने, ‘विशेष सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन्।’ प्रहरीका अनुसार अजितले प्रहरीसँगको प्रारम्भिक बयानमा अरु नै कसैले सामान पुऱ्याईदिन भनेको बताएका छन्।

प्रहरीका अनुसार नेपालबाट लुकिछिपी छिमेकी देश चीनमा रेडपान्डाको कारोबार हुँदै आईरहेको छ। डिएसपी मल्लले पक्राउको घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताए।

Esewa Pasal

प्रकाशित : भाद्र १९, २०७५ १६:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

साफ च्याम्पियनसिप : पाकिस्तानसँग नेपाल पराजित

कञ्चन अधिकारी

बंगलादेश — साफ च्याम्पियनसिप अन्तर्गत मंगलबार भएको पहिलो खेलमा पाकिस्तानसँग नेपाल २-१ गोलले पराजित भएको छ ।

ढाकास्थित बंगबन्धु रंगशालामा भएको समूह ए को पहिलो खेलमा पाकिस्तानलाई विजयी दिलाउने क्रममा मोहम्मद अलीले ९६अौ‌ँ मिनेटमा हेडमा गोल गरेका थिए।

यसअघि पाकिस्तानले पेनाल्टी मार्फत् अग्रता लिएको थियो। नेपालका कप्तान विराज महर्जनले पाकिस्तानको पेनाल्टी एरियामा फाउल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो।

पाकिस्तानका १० नम्बरका खेलाडी हसन नाविद बसिरले गोल गरेका थिए। दोस्रो हाफमा विमल घर्ती मगरले गोल फर्काउदै नेपाललाई बराबरीमा ल्याएको थियो।

नेपालको सुरुआती ११ मा किरण चेम्जोङ, सुमन अर्याल, अनन्त तामाङ, आदित्य चौधरी, विराज महर्जन (कप्तान), सुजल श्रेष्ठ, रोहित चन्द, विमल घर्ति मगर, अन्जन विष्ट, भरत खवास, नवयुग श्रेष्ठ रहेकाथिए।

च्याम्पियनसिपमा समूह ए र बी मा गरेर जम्मा सात देश सहभागी छन्। समूह ए मा नेपालसहित पकिस्तान, भुटान र बंगलादेश रहेको छ भने बी समूहमा भारत, माल्दिभ्स र श्रीलंका रहेको छ।

प्रकाशित : भाद्र १९, २०७५ १५:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT