कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पाँचवटा रेडपान्डा सहित दुई पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — पाँच वटा रेडपान्डा सहित प्रहरीले दुई जनालाई दरबारमार्गबाट पक्राउ गरेको छ ।

पाँचवटा रेडपान्डा सहित दुई पक्राउ

महानगरिय प्रहरी वृत्त दरबारमार्गले बोरामा हालेर रेडपान्डा बिक्री गर्न हिँडेका सोलखुम्बुका शुक्र राई र अजित बस्नेतलाई पक्राउ गरेको छ ।


वृत्तका डिएसपी दानबहादुर मल्लका अनुसार उनीहरु रेडपान्डा बोकेर दुईवटा मोटरसाईकलमा बौद्धबाट दरबारमार्ग हुँदै कतै जाँदै थिए ।

डिएसपी मल्लले भने, ‘विशेष सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् ।’ प्रहरीका अनुसार अजितले प्रहरीसँगको प्रारम्भिक बयानमा अरु नै कसैले सामान पुऱ्याईदिन भनेको बताएका छन् ।

प्रहरीका अनुसार नेपालबाट लुकिछिपी छिमेकी देश चीनमा रेडपान्डाको कारोबार हुँदै आईरहेको छ । डिएसपी मल्लले पक्राउको घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : भाद्र १९, २०७५ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?