कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राजदूत हुन कम्तीमा स्नातक

काठमाडौँ — परराष्ट्र मन्त्रालयले राजदूतको योग्यता र नियुक्ति प्रक्रियालाई व्यवस्थित गर्न निर्देशिका तयार पारेको छ ।

राजदूत हुन कम्तीमा स्नातक

त्यसअनुसार अब राजदूत हुनका लागि कम्तीमा ‘मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण’ हुनुपर्नेछ भने उम्मेदवारको उमेर कम्तीमा ३५ वर्ष तोकिएको छ ।


निर्देशिकाअनुसार कालोसूचीमा परेका वा नैतिक पतन हुने काम गरेका राजदूतमा सिफारिस हुने छैनन् ।


उम्मेदवारमा ‘नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, द्विपक्षीय/बहुपक्षीय कूटनीतिक आयामका साथै अंग्रेजीको राम्रो ज्ञान हुनुपर्नेछ ।


‘मापदण्ड नहुँदा विगतमा म्यान पावर व्यवसायीसमेत नियुक्त हुन पुगे, जसले गर्दा हाम्रो परराष्ट्र नीतिलाई कार्यान्वयन गर्न सक्ने मानिस दूतावासले पाउन सकेन,’ परराष्ट्रका एक अधिकारीले भने, ‘योलगायत पहिले नियुक्तिमा भएका विकृतिलाई हटाउने उद्देश्यले भर्खरै हामीले यो निर्देशिका बनाएका हौं ।’


परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्न तयारी गरेको निर्देशिकाले विदेशी मुलुकले नियुक्त गरी सेवा गरेका व्यक्तिलाई काम छाडेको १० वर्ष नपुगी राजदूत हुन नपाउने व्यवस्थासमेत गरेको छ ।


त्यस्तै, निर्देशिकाले राजनीतिक नियुक्तिलाई ५० भन्दा बढी नहुने व्यवस्था गरी बाँकी पदपूर्ति परराष्ट्रकै कर्मचारीबाट हुनुपर्ने नियम पनि बनाएको छ ।


कुनै मुलुकमा राजदूत पद खाली हुनु तीन महिनाअघि नै नियुक्तिको प्रक्रिया थाल्ने व्यवस्था पनि निर्देशिकाले गरेको छ । ‘यो व्यवस्थाले अब पहिलेजस्तो लामो समयसम्म हाम्रा दूतावास राजदूतविहीन बन्ने अवस्था आउने छैन,’ परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने ।


उनका अनुसार निर्देशिकामा भएका यी प्रावधान नियुक्त भइसकेका राजदूतका हकमा लागू हुने छैनन् ।

प्रकाशित : भाद्र १९, २०७५ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?