अन्तर प्रदेश परिषदको बैठक बस्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर प्रदेश परिषदको पहिलो बैठक आइतबार ११ बजे काठमाडौंमा बस्दै छ । परिषद् बैठकका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तयारी गरिरहेको छ ।

संविधानको धारा २३४ मा अन्तर प्रदेश परिषदको व्यवस्था गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले परिषदको पहिलो बैठकको तयारी अन्तिम चरणमा पुगेको कान्तिपुरलाई बताए ।

Yamaha

प्रधानमन्त्री कार्यालयले सोमबार परिषद् बैठकबारे संघीय मन्त्रालयका सचिवसँग छलफल गरेको थियो ।

परिषद् बैठकमा केन्द्र सरकारका मन्त्री र सचिव, सातवटै प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवहरू सहभागी हुनेछन् । परिषदको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ ।

प्रधानमन्त्री कार्यालयमा प्रदेश समन्वय महाशाखासमेत हेर्ने सहसचिव सुशील ढकालले परिषद् बैठकका एजेन्डाबारे एक–दुई दिनमा टुंगो लगाइने जानकारी दिए ।

‘मुख्य एजेन्डा र को–कोलाई सहभागी गराउने भन्ने विषयमा छलफल चलिरहेको छ,’ ढकालले भने, ‘पहिलो बैठक भएकाले यसलाई ऐतिहासिक बनाउने उद्देश्य छ ।’

प्रकाशित : भाद्र १९, २०७५ २०:०२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

यौन शोषण आरोपमा शिक्षक पक्राउ

कान्तिपुर संवाददाता

सर्लाही — बालिकालाई यौन शोषण गरेको आरोपमा सोमबार लालबन्दीबाट एक शिक्षक पक्राउ परेका छन् । हरिपुर्वा नगरपालिका–८, बसन्तपुर घर भई हाल लालबन्दीमा बसेर होम टयुसन पढाउँदै गरेको २४ वर्षीय राम सिंहासन राय पक्राउ परेका हुन् ।

कलिला बालिकालाई घरमा टयुसन पढाउने क्रममा यौनजन्य क्रियाकलाप गरेको अभिभावकले उजुरी दिएपछि शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शिक्षक रायले दुई बालिकालाई यौन दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। पक्राउ परेका रायलाई जिल्ला अदालतबाट म्याद थप गरी नयाँ कानुनअनुसार बाल यौन दुरुपयोग मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक किरणप्रसाद न्यौपानेले बताए।

भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा नम्बर २ सय २५ मा बालयौन दुरुपयोग गर्नेलाई तीन वर्ष कैद र ३० हजारसम्मको सजाय तोकेको छ।

प्रकाशित : भाद्र १९, २०७५ १९:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT