कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कालीमाटी तरकारी बजारका ६ वटा स्टलको सम्झौता खारेज 

राजु चौधरी

काठमाडौँ — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले रातो सूचीमा राखेका ९८ मध्ये ६ वटा स्टलको सम्झौता खारेज गरेको छ । 

कालीमाटी तरकारी बजारका ६ वटा स्टलको सम्झौता खारेज 

आफ्नो नाममा स्टल भाडामा लिएर बढी मूल्यमा अरुलाई भाडामा दिएको गुनासो आएपछि ती स्टलको अध्ययनपछि समितिले उनीहरुसँग स्पष्टिकरण सोधेको थियो ।


स्पष्टिकरण सोधिएका मध्ये ६ वटा स्टलले कुनै जवाफ नपठाएपछि समितिको मंगलबार बसेको बैठकले असोज १ गतदेखि लागू हुनेगरी सम्झौता खारेज गरेको कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिए ।


सम्झौता खारेज गरिएका स्टलमा मोहम्मद जुमैद, इस्राफिल कवारी, पुरुषोत्तम राई, पार्वती श्रेष्ठ, रामबहादुर खड्का र विष्णुकुमार बस्नेतको रहेको समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले जानकारी दिए ।


स्पष्टिकरणको जवाफ पठाउने स्टलको हकमा समितिले थप अध्ययनका लागि भदौ २३ गतेभित्रमा प्रतिवेदन बुझाउने गरी एउटा उपसमिति गठन गरेको छ ।


भदौ २४ गते बस्ने सञ्चालक समितिको अर्को बैठकले उपसमितिको प्रतिवेदनको आधारमा अन्य स्टलसँग गरिएका सम्झौताहरु खारेज गरिने कार्यकारी निर्देशक पौडेलले बताए ।

प्रकाशित : भाद्र १९, २०७५ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?