१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३
समाचार

News

सिन्डिकेट हटाउने योजना अलपत्र

ट्याक्सीको सिन्डिकेट हटाउने सरकारी योजना अलपत्र परेको छ । मन्त्रिपरिषद् बैठकले २०७१ भदौ १९ मा यातायात विभागका महानिर्देशकको नेतृत्वमा बनाएको समितिले हालसम्म प्रतिवेदन बुझाएको छैन ।

सिन्डिकेट हटाउने योजना अलपत्र

प्लेनभन्दा ट्याक्सी चढ्नु महँगो !

प्रतिनिधिसभा बैठकमा बुधबार सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए । उनले भने, ‘प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो छ ।’

प्लेनभन्दा ट्याक्सी चढ्नु महँगो !

घरभित्रै कुहिन थाल्यो फोहोर !

फोहोर संकलन गर्न सातामा ३ पटकसम्म आउने टयाक्टर र टिपर दुई सातासम्म नआउँदा घरभित्रै फोहोर कुहिन थालेको छ । राजधानीका सडकदेखि भान्सामै फोहोर थुप्रिएर दुर्गन्ध पनि फैलन थालेको छ ।

घरभित्रै कुहिन थाल्यो फोहोर !

मन्त्रिपरिषद बैठक नै रद्ध गरेर मुख्यमन्त्री र मन्त्रीहरु पार्टी अध्यक्षको कार्यक्रममा 

प्रदेश ३ मन्त्रिपरिषदको बैठक नै स्थगित गरेर मुख्यमन्त्री र मन्त्रीहरु पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतमा सहभागी भएका छन् । मनहरी गाउँपालिका–९ रजैयामा रहेको अग्नीहोत्र आश्रमको कार्यक्रममा सहभागी हुन आएका दाहालको स्वागतको लागि मन्त्रिपरिषद बैठक नै रद्ध गरिएको हो । 

मन्त्रिपरिषद बैठक नै रद्ध गरेर मुख्यमन्त्री र मन्त्रीहरु पार्टी अध्यक्षको कार्यक्रममा 

किशोरी बलात्कार र हत्या प्रकरण : अझै पत्ता लागेन दोषी, प्रहरी भन्छ- अनुसन्धानमै छौं

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४२ दिन पुगिसक्यो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको झण्डै डेढ महिना बितिसक्दा पनि घटनामा संलग्न दोषीको पहिचान हुन भने सकेको छैन् ।

किशोरी बलात्कार र हत्या प्रकरण : अझै पत्ता लागेन दोषी, प्रहरी भन्छ- अनुसन्धानमै छौं

न्यूरोडमा ‘स्मार्ट पार्किङ’ !

काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५ सय वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ । महानगरले स्मार्ट र स्थानीयले अपनत्वबोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्तरुपमै आवेदन दिन बोलपत्र आह्वान गरेको छ ।

न्यूरोडमा ‘स्मार्ट पार्किङ’ !

बिमस्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय भएको छैनः मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताएका छन् । 

बिमस्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय भएको छैनः मन्त्री ज्ञवाली

अख्तियार प्रमुखमा नवीनकुमार घिमिरे सिफारिस 

संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख अायुक्तमा नवीनकुमार घिमिरेलाई सिफारिस गरेको छ । बुधबार प्रधानमन्त्री कार्यालयमा बसेको परिषद्को बैठकले प्रमुख आयुक्तमा पूर्वसचिव घिमिरेको नाम सिफारिस गरेको हो ।

अख्तियार प्रमुखमा नवीनकुमार घिमिरे सिफारिस 

नेकपाको किचलो केन्द्रमा पुग्यो

पूर्वएमाले वर्चस्व मानिएको प्रदेश ५ का धेरै जिल्लामा नेकपाको एकता प्रक्रियाप्रति असन्तुष्टि बढेको छ । तत्काल व्यवस्थापन हुन नसके समानान्तर समिति बनाउनेसम्मको तयारी पूर्वएमालेको देखिन्छ ।

नेकपाको किचलो केन्द्रमा पुग्यो

सीप परीक्षण शुल्क ४० हजार

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले लेभल २ को कुनै पनि विषयको सीप परीक्षण गर्दा १ हजार ५ सयभन्दा बढी शुल्क लिँदैन ।

सीप परीक्षण शुल्क ४० हजार

प्रदेशबाटै निरक्षर हटाइने

साक्षर घोषणा नभएका जिल्लालाई साक्षर बनाउने र साक्षर घोषणा भएकामा निरन्तर साक्षरता कक्षामार्फत छुटेकालाई सिकाउने गरी प्रदेश सरकारले साक्षर प्रदेश बनाउने अभियान थालेको छ ।

प्रदेशबाटै निरक्षर हटाइने

अग्लो नाचैं–थोंचे झोलुंगे पुल

तल्लो मनाङको नासों गाउँपालिका–२ को नाचैं र ५ को थोंचे ताम्राङ जोड्ने डोना खोलाको झोलुंगे पुल सर्वाधिक अग्लो बनाइएको छ । निर्माण सुरु गरिएको ३ वर्षपछि यसको उचाइको नाप लिइएपछि प्राविधिकले उक्त पुल अहिलेसम्मकै अग्लो रहेको बताए ।

अग्लो नाचैं–थोंचे झोलुंगे पुल

हेलम्बुमा फेरि फल्यो स्याउ

साढे तीन दशक अघिसम्म हेलम्बुको स्याउको चर्चा निकै हुन्थ्यो । हेलम्बुको चिनारी नै स्याउ थियो । ०४१/४२ सालबाट स्याउमा रोग लाग्यो । फल्न छाडेपछि किसानले स्याउको बोटै काटेर दाउरा बनाएर प्रयोग गरे ।

हेलम्बुमा फेरि फल्यो स्याउ

पहिरोको पीडा: गुम्यो सहारा

बाग्चौर नगरपालिका ४, सेतोगुराँसकी ८ वर्षीय सुनीता विकलाई अघिल्लो बुधबारको घटनाबारे कसैले सोधे उनी भक्कानिन्छिन् । उनकी दिदी १३ वर्षीया कमला र बहिनी पुतलाको अवस्था पनि उस्तै छ ।

पहिरोको पीडा: गुम्यो सहारा

बाबा बर्दगोरिया क्षेत्र नयाँ रूपमा

पश्चिम नवलपरासीको सुनवल नगरपालिका जर्गाहास्थित ऐतिहासिक बाबा बर्दगोरिया क्षेत्र संरक्षणमा स्थानीय जुटेका छन् । पुराना संरचना जीर्ण भएपछि यसको विकास र संरक्षणमा स्थानीय जुटेका हुन् ।

बाबा बर्दगोरिया क्षेत्र नयाँ रूपमा

राज्यव्यवस्था समिति बैठक: कर्मचारी समायोजनमा सरकारको आलोचना

सत्तारूढ दलकै सांसदले कर्मचारी समायोजन र सरुवा निष्पक्ष नभएको भन्दै सरकारको आलोचना गरेका छन् ।

राज्यव्यवस्था समिति बैठक: कर्मचारी समायोजनमा सरकारको आलोचना

दिवा खाजा विधेयकमा राख्न माग

प्रतिनिधिसभाका सांसदहरूले संविधानअनुरूप अनिवार्य तथा नि:शुल्क शिक्षा कार्यान्वयनका निम्ति राज्यले सबै दायित्व व्यहोर्नुपर्ने बताएका छन् ।

दिवा खाजा विधेयकमा राख्न माग

फेसबुकको फन्दामा १५ दिनदेखि थुनामै

प्रधानमन्त्री केपी ओलीको बिगारिएको फोटो फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका काभ्रेको रोशी गाउँपालिका–५ का वडा सचिव होमनाथ सिग्देल १५ दिनदेखि थुनामै छन् । उनीमाथि प्रहरीले विद्युतीय कारोबार ऐनअनुसार मुद्दा चलाएको छ ।

फेसबुकको फन्दामा १५ दिनदेखि थुनामै

वनमा ढलान गरे ‘सम्पदा रहन्न’

पशुपति क्षेत्रको वन सम्पदा श्लेष्मान्तकमा अहिले धमाधम कंक्रिट राखेर बाटो बनाउने काम भइरहेको छ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत यो क्षेत्रमा प्राचीन स्मारक ऐन र पशुपति क्षेत्रमा लागू भएको मापदण्डले समेत परिकल्पना नगरेको आधुनिक निर्माण सामग्री प्रयोग गरेर बाटो बनाउने काम भइरहेको छ ।

वनमा ढलान गरे ‘सम्पदा रहन्न’