कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बिमस्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय भएको छैनः मन्त्री ज्ञवाली

रासस/याेन्हाप

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताएका छन् । 

बिमस्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय भएको छैनः मन्त्री ज्ञवाली

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै मन्त्री ज्ञवालीले बाहिर सञ्चारमाध्यममा आएजस्तो बिमस्टेक मुलुकका सैनिकबीच संयुक्त अभ्यास गर्ने भनी सम्मेलनमा छलफल नभएको स्पष्ट गरे । यही भदौ १४ र १५ गते काठमाडौँमा सो सम्मेलन भएको थियो ।

नेपालको परराष्ट्र नीतिअनुसार मुलुकको स्वाधीनतालाई प्रतिकूल असर पर्ने गरी कुनै निर्णय र सहमति शिखर सम्मेलनमा नभएको जनाउँदै उनले भने, 'बिमस्टेकको वरिष्ठ अधिकृतको बैठक, मन्त्रीस्तरीय बैठक र शीर्ष बैठकमा संयुक्त सैन्य अभ्यासबारे कुनै छलफल भएको छैन ।'


प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसबारे मङ्गलबारको संसद्को बैठकमा स्पष्ट पारिसकेका छन् ।


समितिका सदस्य भीमबहादुर रावलले सम्मेलनको उद्घाटन सत्रमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै महिनाको अन्तिम साता भारतमा संयुक्त सैन्य अभ्यासका लागि आफूले स्वागत गर्ने भनी मन्तव्य दिएको र नेपालको सम्बन्धित निकायले पनि त्यहाँ सैन्य टोली जाने तयारी गरेको आफ्नो जानकारीमा आएको जिकिर गर्दै त्यस्तो अभ्यास बिमस्टेकको अवधारणा प्रतिकूल हुने बताए ।


समितिका सदस्य डा नारायण खड्काले बिमस्टेक सम्मेलनका विषयमा समितिमा विस्तृत छलफल गर्नुपर्ने भएकाले अर्को बैठकको माग गरे ।


परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले विमस्टेकका सदस्य मुलुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुखले सम्बोधनका क्रममा व्यक्त गरेका सबै धारणा साझा हुन नसक्ने जानकारी दिए ।


बैठकमा राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथि छलफल प्रारम्भ भएको छ ।

प्रकाशित : भाद्र २०, २०७५ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?