कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

न्यूरोडमा ‘स्मार्ट पार्किङ’ !

रासस/याेन्हाप

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५ सय वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ । महानगरले स्मार्ट र स्थानीयले अपनत्वबोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्तरुपमै आवेदन दिन बोलपत्र आह्वान गरेको छ ।

न्यूरोडमा ‘स्मार्ट पार्किङ’ !

उक्त पार्किङ भवन सात तलाको हुनेछ ।


प्रवेश मार्गमा ३० प्रतिशत हरियाली तथा सौन्दर्यीकरण हुनुपर्ने प्रावधान छ । कूल क्षेत्रफलको २५ प्रतिशत क्षेत्रमा अत्याधुनिक प्रविधिबाट विज्ञापन गर्न पाइने कामपाको सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए ।


शारीरिकरुपमा अशक्तलाई समेत सहज हुने गरी पार्किङ भवनमा एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने व्यवस्था सहितको सुविधा हुनेछ । सो संरचनामा आकाशे पानी सङ्कलन विधि जडान गरिनेछ ।

सो स्थलमा पैदल यात्री मैत्री, बस्ने तथा पर्खने ठाउँको व्यवस्था, पर्याप्त उज्यालो, विद्युतीय सवारी चार्ज स्टेशन, कार सफाइ तथा मर्मत सुविधा र पार्किङ नियन्त्रक यन्त्र रहने महानगरको दाबी छ । भवन निर्माण गर्न काठमाडौं महानगरपालिकाले न्यूरोडस्थित धर्मपथको एक रोपनी १० आना जग्गा प्रयोग गर्नेछ ।


सवारीसाधन पार्क गरेर राख्ने स्थानको अभाव हुँदा पनि उपत्यकावासीले सवारी चापको समस्या भोग्नुपरेको छ । उक्त भवन निर्माणसँगै काठमाडौँ उपत्यकाको सडक चापमा कमी आउने बताइएको छ ।

प्रकाशित : भाद्र २०, २०७५ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?