समाचार

News

मन्त्रिपरिषद बैठक : उपराष्ट्रपति कार्यालय सारिने

सरकारले उपराष्ट्रपति कार्यालयलाई लैनचौर स्थित समाज कल्याण परिषद रहेको परिसर भित्र सार्ने भएको छ । मन्त्रीपरिषदको बिहीबार बेलुकी बसेको बैठकले प्रहरी तालिम केन्द्रलाई काभ्रेको पनौती र उपराष्ट्रपति कार्यालयलाई लैनचौर सार्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

मन्त्रिपरिषद बैठक : उपराष्ट्रपति कार्यालय सारिने

मुख्यमन्त्रीहरूको भेला : अधिकार दिन केन्द्र अनुदार

प्रदेशका मुख्यमन्त्रीहरूले अधिकार प्रत्यायोजनमा केन्द्र सरकार अनुदार बनेको बताएका छन् । केन्द्रले अधिकार बाँडफाँट नगर्दा काम गर्नै समस्या भएको उनीहरूको गुनासो छ ।

मुख्यमन्त्रीहरूको भेला : अधिकार दिन केन्द्र अनुदार

राजधानीका महत्वपूर्ण पार्क नै लथालिंग

बालाजुका ६५ वर्षीय सिद्धि मानान्धरलाई कुनै वेला बालाजु पार्क मनोरन्जन गर्ने थलो थियो । विगत २० वर्षदेखि बालाजु पार्कमा मर्निङवाक गर्दै आएका उनलाई पार्कको अवस्था हेर्दा निकै दिक्क लागेर आउँछ । उचित संरक्षणका अभावमा पार्कको अवस्था लथालिंग भएको उनले बताए । 

राजधानीका महत्वपूर्ण पार्क नै लथालिंग

किशोरी बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा व्यापक त्रुटि : आयोग

राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त २, उल्टाखामकी १३ वर्षीया निर्मला पन्त हत्याको प्रारम्भिक अनुसन्धामा व्यापक त्रुटि भएको निष्कर्ष निकालेको छ ।

किशोरी बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा व्यापक त्रुटि : आयोग

दिल्ली उत्रिए लगत्तै दाहाल भेटघाटमा व्यस्त

नेकपा अध्यक्ष पुष्पकमल दाहाल तीनदिने भारत भ्रमणका लागि बिहीबार दिउँसो दिल्ली आइपुगेका छन् । दिल्ली उत्रिए लगत्तै उनी भेटघाटमा व्यस्त भएका छन् । 

दिल्ली उत्रिए लगत्तै दाहाल भेटघाटमा व्यस्त

त्रिविमा तोडफोड

परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको घटना छानबिनमा आलटाल गरेको भन्दै विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय तोडफोड गरेका छन् । 

त्रिविमा तोडफोड

गुण्डागर्दीका विभिन्न घटनामा संग्लन ‘बाघे’ पक्राउ

शृंखलाबद्ध रुपमा गुण्डागर्दी र चन्दा असुलीमा सक्रिय ‘बाघे’ भनेर चिनिने गुण्डा सुकबहादुर तामाङ पक्राउ परका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई स्वयम्भु क्षेत्रबाट पक्राउ गरेको हो ।

गुण्डागर्दीका विभिन्न घटनामा संग्लन ‘बाघे’ पक्राउ

कान्तिपुरकर्मी अवस्थीलाई आर्थिक पत्रकारिता पुरस्कार 

डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका आर्थिक सम्पादक गोकर्ण अवस्थीलाई प्रदान गरिएको छ । स्वर्गीय हरिहरदेव पन्तको तेस्रो वार्षिक पूण्य स्मृतिका अवसरमा हरिहरदेव पन्त फाउण्डेसनले बिहीबार अवस्थीलाई उक्त पुरस्कार प्रदान गरेको हो । 

कान्तिपुरकर्मी अवस्थीलाई आर्थिक पत्रकारिता पुरस्कार 

बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत किन्ने 

बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत खरिद गर्ने भएको छ । उसले सन् २०४० भित्र ९ हजार मेगावाट नेपालबाट विद्युत खरिद गर्ने योजना अघि सारेको हो । बंगलादेशको उर्जा मन्त्रालय अन्तर्गतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट २०४० भित्र ९ हजार मेगावाट विद्युत आयात गर्ने उल्लेख छ । 

बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत किन्ने 

सिंहदरबारका कर्मचारीमा उच्च रक्तचाप र मधुमेहको समस्या बढी

सिंहदरबार भित्र कार्यरत सरकारी कर्मचारीहरुमध्ये धेरैमा उच्च रक्तचाप समस्या रहेको पाइएको छ भने त्यसपछि मधुमेह रहेको देखिएको छ ।

सिंहदरबारका कर्मचारीमा उच्च रक्तचाप र मधुमेहको समस्या बढी

पूर्व युवराज्ञी हिमानीकाे ट्रष्टले बनाएको विद्यालय भवन पूर्व रानी कोमलद्वारा हस्तान्तरण

पूर्व राजपरिवारका सदस्य बिहीबार एकै मञ्चमा देखिए । पालुङटार नगरपालिका–५ ठाँटीपोखरीस्थित भवानी माविको विद्यालय भवन उद्घाटन कार्यक्रममा पूर्व रानी कोमल शाह, पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी शाह सरिक भए । 

पूर्व युवराज्ञी हिमानीकाे ट्रष्टले बनाएको विद्यालय भवन पूर्व रानी कोमलद्वारा हस्तान्तरण

चिकित्सक संघका अध्यक्षद्वारा सरकारी सेवाबाट राजीनामा

पूर्णरुपमा राजनीतिमा लाग्न भन्दै नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारी सेवाबाट राजीनामा दिएका छन् । 

चिकित्सक संघका अध्यक्षद्वारा सरकारी सेवाबाट राजीनामा

चट्याङले बालकको मृत्यु, दुई जना घाइते

मकवानपुरका छुट्टाछुट्टै स्थानमा बिहीबार पानी र हावाहुरीसँगै परेकाे चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । 

चट्याङले बालकको मृत्यु, दुई जना घाइते

सिंहदरबार प्रवेशमा कडाइ

सरकारले सिंहदरबार प्रवेशमा कडाइ गर्न थालेको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सिंहदरबार प्रवेश गर्नेहरुलाई चेकिङ गर्न थालिएको हाे ।

सिंहदरबार प्रवेशमा कडाइ

पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सुरु

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा प्राधिकरणका निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक सुरु भएको हो ।

पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सुरु

राष्ट्रपति चुरे संरक्षण : स्थानीय तहमा १ अर्ब ४२ करोडको कार्यक्रम

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अब स्थानीय तहमार्फत सञ्चालन हुने भएको छ । यसका लागि १ अर्ब ४२ करोड रुपैयाँ खर्च गरिँदै छ । राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिले यसअघि झापादेखि कञ्चनपुरसम्मका जिल्ला वन, वनस्पति, कृषि, पशु, जल उत्पन्न प्रकोप, सिँचाइलगायत कार्यालयमार्फत वार्षिक कार्यक्रम चलाउँदै आएको थियो ।

राष्ट्रपति चुरे संरक्षण : स्थानीय तहमा १ अर्ब ४२ करोडको कार्यक्रम

पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला

सात वटै प्रदेशका मुख्यमन्त्रीहरुको प्रथम भेला पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आयोजनामा बिहीबार भेला आयोजना गरिएको हो ।  

पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला

डेढ वर्षअघि नै बन्यो पुल

मरिन गाउँपालिकाको कपिलाकोट–कल्पवृक्ष जोड्ने पक्की पुल सम्झौता अवधि अघि नै निर्माण सकिएको छ । ०७३ असार २९ गते ठेक्का सम्झौता भएको पुल २०७६ पुस २८ सम्म सक्नुपर्ने थियो ।

डेढ वर्षअघि नै बन्यो पुल

देउवाद्वारा कार्यसम्पादन समिति गठन तयारी

कांग्रेस सभापति शेरबहादुर देउवाले संस्थापनइतर पक्षलाई ४० प्रतिशत सदस्य दिने गरी केन्द्रीय कार्यसम्पादन समिति गठनको गृहकार्य थालेका छन् ।

देउवाद्वारा कार्यसम्पादन समिति गठन तयारी

संवैधानिक इजलासमा कस्ता मुद्दा ?

कस्ता मुद्दा संवैधानिक इजलासमा पठाउने भन्ने विषयमा सर्वोच्च अदालतमा दुई न्यायाधीशबीच राय बाझिएको छ । स्वास्थ्य सेवाका कविराजहरूले दायर गरेको मुद्दाको सुनुवाइका क्रममा राय बाझिएपछि उक्त मुद्दा सर्वोच्चकै पूर्ण इजलासमा पेस भएको छ ।

संवैधानिक इजलासमा कस्ता मुद्दा ?

कतारले हटायो ‘एक्जिट परमिट’

कतारले कामदार स्वदेश फर्कंदा रोजगारदाताबाट अनिवार्य अनुमति (एक्जिट परमिट) लिनुपर्ने प्रावधान हटाएको छ । कतारका अमिर शेख तमिम विन हमाद अलथानीले एक्जिट पेपरसम्बन्धी कानुनलाई मंगलबार प्रमाणीकरण गरेका हुन् ।

कतारले हटायो ‘एक्जिट परमिट’

खोसियो विद्यार्थीकाे खाजा

२०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम मन्त्रिपरिषद्ले कटौती गर्ने निर्णय गरेपछि १३ लाख बालबालिका प्रभावित हुने भएका छन् ।

खोसियो विद्यार्थीकाे खाजा

कृषि पर्यटनका लागि पन्छीपालन

लामो समय उनी होटल व्यवसायमा भुले । थोरबहुत पैसा पनि कमाए । पैसा कमाए पनि खजुरा गाउँपालिका–३ का प्रेम खरेलको मन रत्तिएन । चार वर्षदेखि उनी पशुपन्छी फार्ममा छन्, त्यसमा भने अचम्मै खुसी भेटिरहेका छन् ।

कृषि पर्यटनका लागि पन्छीपालन

भारतका पूर्वप्रधानमन्त्री देवेगौडा आउँदै

भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा पशुपति दर्शनका लागि बिहीबार काठमाडौं आउँदै छन् । अन्तर्राष्ट्रिय मैत्री समाजको निमन्त्रणामा उनी नेपाल एयरलाइन्सबाट बैंङलोर हुँदै काठमाडौं उत्रनेछन् ।

भारतका पूर्वप्रधानमन्त्री देवेगौडा आउँदै

टिपरले दाजुभाइको लियो ज्यान

बालुवा बोकेको अनियन्त्रित टिपरले हिर्काउँदा पूर्वपश्चिम राजमार्गको धारापानीमा दाजुभाइको मृत्यु भएको छ । मोटरसाइकलमा यात्रारत दाजुभाइलाई तीव्र गतिमा रहेका टिपरले किचेको थियो ।

टिपरले दाजुभाइको लियो ज्यान

स्थानीय तहमा टिक्दैनन् कार्यकारी प्रमुख

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको १५ महिनामा ४ जना कार्यकारी प्रमुख फेरिए । सिन्धुलीको फिक्कल गाउँपालिकाका ६ वटै वडामा सचिव छैनन् ।

स्थानीय तहमा टिक्दैनन् कार्यकारी प्रमुख