कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भारतका पूर्वप्रधानमन्त्री देवेगौडा आउँदै

काठमाडौँ — भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा पशुपति दर्शनका लागि बिहीबार काठमाडौं आउँदै छन् । अन्तर्राष्ट्रिय मैत्री समाजको निमन्त्रणामा उनी नेपाल एयरलाइन्सबाट बैंङलोर हुँदै काठमाडौं उत्रनेछन् ।

भारतका पूर्वप्रधानमन्त्री देवेगौडा आउँदै

समाजका अध्यक्ष प्रदीप खनालले भने, ‘शुक्रबार बिहान पशुपति जाने कार्यक्रम छ ।’ पूजापाठपछि राजनीतिक भेटघाटमा सहभागी भई उनी शुक्रबार साँझ फर्कनेछन् ।

जनता दल सेक्युलरका अध्यक्ष रहेका देवेगौडा १ जुन १९९६ देखि २१ अप्रिल १९९७ सम्म १० महिना भारतका प्रधानमन्त्री थिए ।

महाकाली सन्धि देवेगौडाकै पालामा भएको हो । उनका छोरा कुमार गोस्वामी हाल कर्णाटकका मुख्यमन्त्री छन् ।

प्रकाशित : भाद्र २१, २०७५ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?