पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला

लालप्रसाद शर्मा

पोखरा — सात वटै प्रदेशका मुख्यमन्त्रीहरुको प्रथम भेला पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आयोजनामा बिहीबार भेला आयोजना गरिएको हो ।  

मुख्यन्त्रीहरुले हातेमालो गरेर ऐक्यवद्धता जनाउँदै भेलाको उद्घाटन गरेका छन्। भेलामा सातै प्रदेशको वर्तमान अवस्था, आइपरेका समस्या, ठूला आयोजनाहरु, केन्द्रले दिने अनुदानलगायत विषयमा छलफल हुनेछ। अन्तरप्रदेश परिषद् बैठकको पूर्वसन्ध्यामा आयोजित भेलाले एउटै एजेन्डा तय गर्ने विश्वास लिइएको छ।

Yamaha

प्रदेशको अधिकार, प्रदेशका विभिन्न संरचना, कर्मचारी, प्रहरीलगायत विषयमा संघीय सरकारले बेवास्ता गरेको आरोप लाग्दै आएका बेला यो भेलाले निचोड निकाल्ने अपेक्षा गरिएको छ।

भेलामा सातै प्रदेशका मुख्यमन्त्रीले सम्बोधन गर्नेछन्। अहिले मुख्यमन्त्रीले मन्तव्य दिने क्रम सुरु भएको छ। भेला आजै सकिनेछ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने कार्यक्रममा पुगिसकेका छैनन्।

Esewa Pasal

प्रकाशित : भाद्र २१, २०७५ १०:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सडक भास्सिँदा कोदारी राजमार्ग अवरुद्ध

अनिश तिवारी

डाक्लाङ (सिन्धुपाल्चोक) — कोदारी राजमार्गअन्तरगत डाक्लाङ खण्डमा माथिबाट आएको खोल्साले सडक बगाउँदा यस क्षेत्रका सवारी साधन ठप्प भएका छन् ।

सिन्धुपाल्चोक अविरल वर्षाले भास्सिएको बाह्रबिसे तातोपानी सडकखण्डको डाक्लाङ खण्ड । तस्बिर : अनिश तिवारी/कान्तिपुर

गत सोमबार र बुधवार रातिको अविरल वर्षाको कारण सिरिसे, डाक्लाङ, झिर्पु लगायतका दर्जन स्थानमा पहिरो खसेको छ।

‘साता अघिदेखिको वर्षाका कारण बढेको खोलाले सडकमा राखिएको स्लाप ढुंगा पूरै भत्किएर खसेको थियो। त्यसपछि वर्षा भएपपिच्छै डाक्लाङ खण्डको सडक अवरुद्ध हुन थालेको छ,’ प्रत्यक्षदर्शी आयोजनाका कर्मचारी होमनाथ ढकालले भने।

उनका अनुसार बाह्रबिसे तातोपानी सडकखण्ड २६ किलोमिटरमा मध्यबर्खा देखि अवरोध छ। तातोपानी बजार जोड्ने नौकिलो र दशकिलो, पिप्लाङ क्षेत्रदेखि उता सडक अझै मर्मत भइनसक्दा सीमासँगको सम्पर्क टुटेको छ।

धाजा फाटेर गएपछि अझैसम्म सडकको अवरोध खोल्न सकिएको छैन। ‘पहिले सडक खोलाले बगाएपछि भास्सिएको मात्रै थियो, अहिले राजमार्गको स्थानपिच्छै सडकमा पुरा पहिरो झरिरहेको छ,’ इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले भने, ‘पहिरोको साथै सडक खसेकोले मर्मत गर्न सकिएको छैन्, यात्रु, बिरामी बाटैमा अलपत्र छन्।’

बाह्रबिसे तातोपानी सडकखण्डमा दैनिक जसो पहिरो झर्न थालेपछि त्रासमा छन्। पहिरोले स्थानमा जोखिम बढाएपछि सुरक्षाको लागि सशस्त्र र प्रहरी खटिरहेका छन्। महिनांै भइसक्दा पनि बारम्बार पहिरोले बन्द भइरहेको राजमार्गमा यात्रुबस सञ्चालनमा आउन सकेका छैनन्। बोलेरो महगों भएपछि स्थानीय मारमा पर्ने गरेका छन्।

‘काठमाडौं जान हिडेको हिजो त्यसै फर्किनुपर्‍यो, आजपनि बाटो नखुल्ला जस्तो छ,’ भोटेकोसी गाउँपालिका तातोपानी दुगुनाका सन्देन शेर्पाले भने, ‘हिडेर बस चल्ने स्थानसम्म पुग्न तीन/चार घण्टा लाग्छ।’

प्रकाशित : भाद्र २१, २०७५ १०:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT