१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला

लालप्रसाद शर्मा

पोखरा — सात वटै प्रदेशका मुख्यमन्त्रीहरुको प्रथम भेला पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आयोजनामा बिहीबार भेला आयोजना गरिएको हो ।  

पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला

मुख्यन्त्रीहरुले हातेमालो गरेर ऐक्यवद्धता जनाउँदै भेलाको उद्घाटन गरेका छन् । भेलामा सातै प्रदेशको वर्तमान अवस्था, आइपरेका समस्या, ठूला आयोजनाहरु, केन्द्रले दिने अनुदानलगायत विषयमा छलफल हुनेछ । अन्तरप्रदेश परिषद् बैठकको पूर्वसन्ध्यामा आयोजित भेलाले एउटै एजेन्डा तय गर्ने विश्वास लिइएको छ ।


प्रदेशको अधिकार, प्रदेशका विभिन्न संरचना, कर्मचारी, प्रहरीलगायत विषयमा संघीय सरकारले बेवास्ता गरेको आरोप लाग्दै आएका बेला यो भेलाले निचोड निकाल्ने अपेक्षा गरिएको छ ।

भेलामा सातै प्रदेशका मुख्यमन्त्रीले सम्बोधन गर्नेछन् । अहिले मुख्यमन्त्रीले मन्तव्य दिने क्रम सुरु भएको छ । भेला आजै सकिनेछ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने कार्यक्रममा पुगिसकेका छैनन् ।

प्रकाशित : भाद्र २१, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?