सिंहदरबार प्रवेशमा कडाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले सिंहदरबार प्रवेशमा कडाइ गर्न थालेको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सिंहदरबार प्रवेश गर्नेहरुलाई चेकिङ गर्न थालिएको हाे ।

त्यहाँ कार्यरत एक प्रहरी अधिकारीका अनुसार गृहसचिवको निर्देशनमा चेकिङमा कडाइ गरिएको हो।

Yamaha


चेकिङ कडा पारिएपछि सिंहदरबार प्रवेश गर्ने दक्षिण गेटमा ट्राफिक जाम बढेको छ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले मन्त्रालयकाे निर्देशनमा नभइ सामान्य चेकिङ भइरहेकाे बताए।

प्रकाशित : भाद्र २१, २०७५ १२:१९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सुरु

पुनर्निर्माणसँग सम्बन्धी नीतिगत विषयहरुमा छलफल हुने
कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा प्राधिकरणका निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक सुरु भएको हो ।

तस्बिरः इलिट जोशी ।

निर्देशक समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको अहिलेको अवस्था र आगामी कार्ययोजना पेश गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ। बैठकमा पुनर्निर्माणसँग सम्बन्धी नीतिगत विषयहरुमा छलफल हुनेछ।

प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुशील ज्ञवाली नियुक्त भएपछिको यो पहिलो बैठक हो।

प्रकाशित : भाद्र २१, २०७५ ११:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT