चट्याङले बालकको मृत्यु, दुई जना घाइते

प्रताप विष्ट

हेटाैंडा — मकवानपुरका छुट्टाछुट्टै स्थानमा बिहीबार पानी र हावाहुरीसँगै परेकाे चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । 



Yamaha

हेटौडा उपमहानगपालिका–१३ पदमपोखरीमा चट्याङ पर्दा ११ वर्षीय बाालक रोजन लामाको मृत्यु भएको छ। उनी आफ्नै घरको आगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका थिए। उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी चट्याङ लागेर बकैया गाउँपालिका–११ ठिँगनामा ३७ वर्षीय कृष्णलाल स्याङ्तान र हेटौडा उपमहानगरपालिका ७ की ४० वर्षीया सावित्री लुईटेल घाइते भएका छन्। लुईटेल खाना पकाउन लाग्दा चट्याङ लागेको थियो। स्याङ्तान र लुईटेलको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको हेटौंडा अस्पतालले जनाएको छ।

Esewa Pasal

प्रकाशित : भाद्र २१, २०७५ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

एकै थलोमा पार्किङ

बजारमा छरपस्ट रूपमा टाटा सुमोका काउन्टर थिए । सुमोहरू यात्रुको प्रतीक्षा लागि सडकका दायाँबायाँ राख्ने गरिन्थ्यो ।
प्रताप विष्ट

हेटौंडा — हेटौंडा बजारको सवारी चापलाई व्यवस्थित गर्न हेटौंडा उपमहानगरपालिकाले टाटा सुमोलाई एकै स्थानबाट सञ्चालनको व्यवस्था मिलाएको छ ।

हेटौंडा उपमहानगरपालिकाले छोटो मार्गबाट हेटौंडा–काठमाडाैं आउजाउ गर्ने टाटा सुमोहरूलाई हेटौंडा १ स्थित रोपवेको चौरबाट सोमबारदेखि सञ्चालनको व्यवस्था मिलाएको हो ।

हेटौंडा बजार क्षेत्रमा बढ्दै गएको सवारीसाधनको चापलाई कमी गर्न र यात्रुको यात्रालाई सहज बाउन एउटै स्थानमा टाटा सुमोको पार्किङ व्यवस्था मिलाएको नगर प्रमुख हरिबहादुर महतले बताए । हेटौंडा नगरपालिकाले रोपवेको चौरमा साझा सुमो काउन्टर स्थापना गरेर सञ्चालनमा ल्याएको हो ।

साझा सुमो सेवा (काउन्टर) घरको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सोमबार उदघाटन गरे । प्रदेश ३ को राजधानीसमेत रहेको हेटौंडामा सवारीसाधनको चाप बढ्दै छ । बजारमा छरपस्ट रूपमा टाटा सुमोको काउन्टर थिए ।

सुमोहरू यात्रुको प्रतीक्षाका लागि सडकका दायाँबायाँ राख्ने गरिन्थ्यो । एकै स्थानमा काउन्टरको व्यवस्था गरेपछि बजारमा रहेका टाटासुमोका काउन्टर सबै बन्द भएका छन् । हेटौंडा बजारमा सुमोको करिब २५ वटा टिकट काउन्टर थिए ।

हेटौंडालाई सुन्दर र व्यवस्थित सहर बनाउने अभियानका साथ रोपवेको खाली चौरमा टाटा सुमोको नमुना बसपार्क बनाएको नगरप्रमुख महतले बताए । ‘हेटौंडा बजारमा जताततै सवारी पार्किङ गर्न बन्द गराएर अहिले हेटौंडाको मेनरोड, राप्तिरोड, स्कुलरोड, कान्ति लोकपथलाई नो–पार्किङ बनाउन सफल भएका छाैं,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले सवारीसाधनको उचित ढंगले पार्किङ व्यवस्थापन गर्न नगरपालिकालाई सहयोग गर्ने बताएका थिए । तोकिएको स्थानभन्दा फरक स्थानबाट टाटा सुमो सञ्चालन गरिए नियन्त्रणमा लिएर कारबाही गर्ने प्रहरीले जनाएको छ । जिप समन्वय समितिका संयोजक गुन्जमान सिंहले सबै टाटा सुमोलाई एकै स्थानबाट सञ्चालनमा ल्याएर उपमहानगरपालिकाले राम्रो काम गरेको बताए ।

वैकल्पिक मार्ग भएर दैनिक हेटौंडा काठमाडाैं आउजाउ गर्ने ७ सयभन्दा बढी टाटासुमो छन् । विगतमा उनीहरूले बजारमा काउन्टर र सडकका दायाँबायाँ टाटा सुमो राख्ने गरेका थिए ।

हेटौंडा उपमहानगरपालिकाले टाटा सुमोहरूको व्यवस्थापनसँगै ई–रिक्सा, अटो र मयुरीहरूको पनि व्यवस्थापन गर्ने जनाएको छ । हेटांैडामा २ हजार ५ सयभन्दा बढी ई–रिक्सा, अटो र मयुरी छन् ।

प्रकाशित : भाद्र २१, २०७५ ०८:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT