सिंहदरबारका कर्मचारीमा उच्च रक्तचाप र मधुमेहको समस्या बढी

काठमाडौँ — सिंहदरबार भित्र कार्यरत सरकारी कर्मचारीहरुमध्ये धेरैमा उच्च रक्तचाप समस्या रहेको पाइएको छ भने त्यसपछि मधुमेह रहेको देखिएको छ ।

सिंहदरबारका कर्मचारीमा उच्च रक्तचाप र मधुमेहको समस्या बढी

स्वास्थ्य मन्त्रालयले सिंहदरबारस्थिति हेल्थ डेक्समा निजामती सेवा दिवसको अवसरमा बिहीबारदेखी आयोजना गरेको दुई दिने रक्तचाप, मुटुरोग र मधुमेहसँग सम्बन्धित विशेष स्वास्थ्य शिविरमा उपचारार्थ आएकाहरु मध्ये यो समस्या धेरै देखिएको हो ।


करिव ६ हजार ५ सय कर्मचारी रहने सिंहदरबारमा गत वर्ष फागुन १५ गतेदेखी सरकारले हेल्थ डेस्क राखेको छ ।


‘यहाँको समस्या नै उच्च रक्तचाप र मधुमेह हो,’ हेल्थ डेस्क प्रमुख दिपक मुडभरीले भने, ‘आज १८०/१२० रक्तचाप देखिएकाहरुलाई आफूलाई उच्च रक्तचापको समस्या रहेको समेत थाहा थिएन ।’ उनले ६ महिना यता हेल्थ डेस्कमा आउने कर्मचारीहरु मुख्य रुपले उच्च रक्तचापको समस्या लिएर आउने गरेको बताए ।


बिहीबार शिविरमा आएका एक सय २० जना कर्मचारी मध्ये २० जना नयाँ उच्च रक्तचापको कर्मचारीलाई निरन्तर औषधि सेवन गर्नु पर्ने अवस्था देखियो भने १५ जना सुगरका बिरामी ठहर गर्दै चिकित्सकले नियमित रुपमा औषधि सेवन गर्नुपर्ने देखिएको थियो ।


यस शिविरमा वीर अस्पताल, मनमोहन कार्डियोथोरासिक, भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका विशेषज्ञ चिकित्सकहरुको सहभागिता थियो ।


प्रकाशित : भाद्र २१, २०७५ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?