१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत किन्ने 

काठमाडौँ — बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत खरिद गर्ने भएको छ । उसले सन् २०४० भित्र ९ हजार मेगावाट नेपालबाट विद्युत खरिद गर्ने योजना अघि सारेको हो । बंगलादेशको उर्जा मन्त्रालय अन्तर्गतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट २०४० भित्र ९ हजार मेगावाट विद्युत आयात गर्ने उल्लेख छ । 

बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत किन्ने 

नेपालका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीबर्षमान पुन अहिले बंगलादेश भ्रमणमा छन् ।


ढाकामा बिहीबारबाट सुरु भएको पावर एण्ड इनर्जी वीक सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालबाट विद्युत आयात गर्ने योजना अघि बढेको भन्दै छिट्टै त्यसले मूर्त रुप लिने दाबी गरेकी थिइन् ।


‘नेपाल र भुटानबाट विद्युत आयात गर्ने हाम्रो कोशिस जारी छ, नेपालसँग समझदारीमा हस्ताक्षर गरिसकेका छौं,’ उनले भनिन् । बंगलादेश, भारत र भुटानबीच छिट्टै त्रिपक्षीय समझदारीमा हस्ताक्षर हुने समेत उनले बताइन् ।


नेपाल र बंगलादेशबीच तीन साता अघि काठमाडौंमा ऊर्जा सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । नेपालका उर्जामन्त्री वर्षमान पुन र बंगलादेशका उर्जामन्त्री नसरुल हमिदले उक्त समझदारीमा हस्ताक्षर गरेका थिए ।


ढाकामा आयोजित कार्यक्रममा बोल्दै ऊर्जामन्त्री पुनले आगामी १० वर्षमा नेपालले १५ हजार विद्युत उत्पादन गर्ने योजना बनाएको भन्दै आफूहरु बंगलादेशमा विद्युत निर्यात गर्न तयार रहेको धारणा राखेका थिए ।


बंगलादेशको ऊर्जा सप्ताहमा सहभागी हुन ढाका पुगेका ऊर्जामन्त्री पुनले शुक्रबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेटवार्ता गर्नेछन् ।


प्रकाशित : भाद्र २१, २०७५ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?