कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गुण्डागर्दीका विभिन्न घटनामा संग्लन ‘बाघे’ पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — शृंखलाबद्ध रुपमा गुण्डागर्दी र चन्दा असुलीमा सक्रिय ‘बाघे’ भनेर चिनिने गुण्डा सुकबहादुर तामाङ पक्राउ परका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई स्वयम्भु क्षेत्रबाट पक्राउ गरेको हो ।

गुण्डागर्दीका विभिन्न घटनामा संग्लन ‘बाघे’ पक्राउ

परिसरका अनुसार धम्काएर रकम उठाउने काममा सक्रिय भएको भन्दै उजुरी परेपछि परिसरले उनलाई नियन्त्रणमा लिएको हो ।


परिसरका प्रमुख एसएसपी वसन्त लामाका अनुसार वर्षौंदेखि गुण्डागर्दी र धम्काएर रकम असुली जस्ता काममा बाघेको संग्लनता देखिएको छ । प्रहरीका अनुसार रानीवन बस्ने बाघे लामो समयदेखि अर्का गुण्डा दीपक मनांगेसँग मिलेर काम गर्दै आएका थिए । पछिल्लो समय मनांगे पक्राउ परेपछि बाघेले आफ्नै गुण्डा समूह बनाएर असुलीको धन्दा चलाउँदै आएका थिए ।


बाघेको यसअघि पनि विभिन्न अपराधमा पटकपटक पक्राउ परेर छुटेका गुण्डा हुन् । २०५९ मा झापा बेलडागी घर भई अनामनगर बस्ने लोचनप्रसाद विमलीलाई काठमाडौंका एक होटलमा बोलाएर हतियार देखाई १ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल लुटेको आरोप उनलाई लागेको थियो । उक्त घटनामा पक्राउ परेका बाघे सजाय भुक्तान गरेर छुटेका थिए । २०७० मा प्रहरी परिसर काठमाडौंका तत्कालिन एसएसपी रमेश खरेलको पालामा पनि बाघे सार्वजनिक अपराध मुद्दामा पक्राउ परेका थिए ।


२०७३ फागुनमा प्रहरी परिसर काठमाडौंले पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा चलाएको थियो । बाघेलाई महानगरिय प्रहरी वृत्त कालीमाटीले २०७४ कार्तिक १५ मा पक्राउ गरी अपहरण तथा शरिर बन्धकको मुद्दा चलाएको थियो । त्यतिबेला कलंकीस्थित मितेरी यातायातका शंकर शर्मा गुरागाईंलाई अपहरण गरी बन्धक बनाएको आरोप बाघेलाई लागेको थियो । उक्त मुद्दामा पनि बाघेले सजाय भुक्तान गरी छुटेका एसएसपी लामाले बताए ।


पछिल्लो पटक २०७४ बैशाख २ गते महानगरीय प्रहरी वृत्त बालाजुले उनलाई पक्राउ गरेको थियो । सार्वजनिक अपराधको मुद्दामा पक्राउ परेका बाघे त्यतिबेला पनि सजाय भुक्तान गरेर छुटेका थिए । २०७४ जेठ १० गते पनि प्रहरी परिसर काठमाडौंका तत्कालिन प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले पक्राउ गरेका थिए । त्यतिबेला सार्वजनिक अपराधको मुद्दामा अनुसन्धान गरिएको बाघे केही साता थुनामा बसेर छुटेका थिए ।


प्रकाशित : भाद्र २१, २०७५ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?