१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

त्रिविमा तोडफोड

काठमाडौँ — परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको घटना छानबिनमा आलटाल गरेको भन्दै विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय तोडफोड गरेका छन् । 

त्रिविमा तोडफोड

शिक्षाशास्त्र संकायअन्तर्गत स्नातकोत्तर प्रथम वर्षको परीक्षामा मनोविज्ञान र गणितको प्रश्न आउट भएको थियो भने एजुकेसन फाउन्डेसनमा गत वर्षकै हुबहु प्रश्न सोधिएको थियो । यसमा लापरबाही भएको प्रमाणित भएपछि त्रिवि डिन कार्यालयले विद्यार्थीहरुसँग तीनै विषयको पुन : परीक्षा लिने र दोषीलाई कारबाही गर्ने सहमति गरेको थियो ।


तर, पदाधिकारीले दुई विषयमात्र पुन:परीक्षा लिने तालिका सार्वजनिक गरेपछि आक्रोशित विद्यार्थीले बिहीबार कीर्तिपुरस्थित उपकुलपति कार्यालय तोडफोड गरेका हुन् । कार्यालयको झ्याल, दराज, टेबल, इन्भर्टर क्षतिग्रस्त बनाइएको छ ।


प्रहरीले तोडफोडमा संलग्न सात विद्यार्थी नियन्त्रण लिएको नयाँ शक्ति विद्यार्थी युनियन त्रिवि समितिका अध्यक्ष बलबहादुर रम्तेलले बताए । ‘पक्राउ गरिएका विद्यार्थी विना शर्त अविलम्ब रिहाई हुनुपर्छ,’ उनले भने, ‘त्यसपछि डिन कार्यालयसँग भएको सहमतिअनुसार अघिल्लो वर्षकै प्रश्न दोहोर्‍याउने र आउट गर्ने अधिकारीलाई कारबाही हुनुपर्छ । र, पुन: परीक्षा हुनुपर्छ ।’


प्रकाशित : भाद्र २१, २०७५ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?