दिल्ली उत्रिए लगत्तै दाहाल भेटघाटमा व्यस्त

सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेकपा अध्यक्ष पुष्पकमल दाहाल तीनदिने भारत भ्रमणका लागि बिहीबार दिउँसो दिल्ली आइपुगेका छन् । दिल्ली उत्रिए लगत्तै उनी भेटघाटमा व्यस्त भएका छन् । 

फाइल तस्बिर

दाहालले बिहीबार साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गरेका छन्। भारतको सुरक्षा तथा विदेश मामिलामा डोभल प्रभावशाली मानिन्छन्। शुक्रबार बिहान गृहमन्त्री राजनाथ सिंहसँग उनको भेट तय भएको छ। शुत्रबार दिउँसो ३ बजे बारखम्बास्थित इन्डिया काउन्सिल अफ वल्र्ड अफेयर्सको ‘लेक्चर सिरिज’ मा सहभागी हुनेछन्। त्यहाँ उनले नेपालमा विकसित पछिल्लो घटनाक्रम तथा भारत–नेपाल सम्बन्धका विषयमा भनाइ राख्नेछन्।

Yamaha

यसैगरी शनिबार साँँझ दाहाल इन्डिया–नेपाल सेन्टरले आयोजना गर्ने भारतका उद्योगी–व्यवसायीसँगको अन्तक्र्रियामा सहभागी हुनेछन्। नेपालका लागि पूर्वभारतीय राजदूत केभी राजन सेन्टरको अध्यक्ष छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजसँगको भेट पनि शनिबारकै लागि तय भएको स्रोतले जानकारी दिएको छ। दिल्ली बसाइक्रममा उनले सत्ताधारी भारतीय जनता पार्टी र विपक्षी दलका नेता तथा बुद्धिजीवीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

दिल्लीस्थित विश्लेषकहरूले दाहालको भ्रमण आफूलाई भविष्यको प्रधानमन्त्रीका रूपमा ‘प्रोजेक्ट’ गर्न र भारतसँग सम्बन्ध सुमधुर बनाउन केन्द्रित हुने दाबी गरेका छन्। ‘दाहाल भ्रमणको दुईवटा उद्देश्य देखिन्छ। पहिलो, नेपालको सबैभन्दा ठूलो पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्नु, दोस्रो दिल्लीसँग सुमधुर सम्बन्ध चाहेको सन्देश दिनु हो,’ दिल्लीस्थित थिंक ट्यांक आईडीएसएका निहार नायकले भने।

नेपालका लागि भारतका पूर्वराजनीतिक रञ्जित रेले यस किसिमको उच्चस्तरको राजनीतिक भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन र आपसी विश्वास बढाउन सघाउ पुर्‍याउने बताए। दाहालप्रति दिल्लीमा रहेको आशंकाप्रति संकेत गर्दै रेले भने, ‘हिजो के–कस्तो अविश्वास र असमझदारी थियो भन्दा पनि दाहाल नेपालका प्रभावशाली नेता रहेको कुरालाई नकार्न सकिँदैन। यस किसिमको भ्रमणले आपसी विश्वास बढाउन मद्दत गर्छ।’


Esewa Pasal

प्रकाशित : भाद्र २१, २०७५ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

त्रिविमा तोडफोड

कान्तिपुर संवाददाता

काठमाडौँ — परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको घटना छानबिनमा आलटाल गरेको भन्दै विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय तोडफोड गरेका छन् । 

शिक्षाशास्त्र संकायअन्तर्गत स्नातकोत्तर प्रथम वर्षको परीक्षामा मनोविज्ञान र गणितको प्रश्न आउट भएको थियो भने एजुकेसन फाउन्डेसनमा गत वर्षकै हुबहु प्रश्न सोधिएको थियो। यसमा लापरबाही भएको प्रमाणित भएपछि त्रिवि डिन कार्यालयले विद्यार्थीहरुसँग तीनै विषयको पुन : परीक्षा लिने र दोषीलाई कारबाही गर्ने सहमति गरेको थियो।

तर, पदाधिकारीले दुई विषयमात्र पुन:परीक्षा लिने तालिका सार्वजनिक गरेपछि आक्रोशित विद्यार्थीले बिहीबार कीर्तिपुरस्थित उपकुलपति कार्यालय तोडफोड गरेका हुन्। कार्यालयको झ्याल, दराज, टेबल, इन्भर्टर क्षतिग्रस्त बनाइएको छ।

प्रहरीले तोडफोडमा संलग्न सात विद्यार्थी नियन्त्रण लिएको नयाँ शक्ति विद्यार्थी युनियन त्रिवि समितिका अध्यक्ष बलबहादुर रम्तेलले बताए। ‘पक्राउ गरिएका विद्यार्थी विना शर्त अविलम्ब रिहाई हुनुपर्छ,’ उनले भने, ‘त्यसपछि डिन कार्यालयसँग भएको सहमतिअनुसार अघिल्लो वर्षकै प्रश्न दोहोर्‍याउने र आउट गर्ने अधिकारीलाई कारबाही हुनुपर्छ। र, पुन: परीक्षा हुनुपर्छ।’

प्रकाशित : भाद्र २१, २०७५ १९:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT