मन्त्रिपरिषद बैठक : उपराष्ट्रपति कार्यालय सारिने

सरकारले यो वर्ष पनि भेटेन सर्वोत्कृष्ट कर्मचारी, ४० उत्कृष्ट कर्मचारी भने छनोट 
अब्दुल्लाह मियाँ

काठमाडौँ — सरकारले उपराष्ट्रपति कार्यालयलाई लैनचौर स्थित समाज कल्याण परिषद रहेको परिसर भित्र सार्ने भएको छ । मन्त्रीपरिषदको बिहीबार बेलुकी बसेको बैठकले प्रहरी तालिम केन्द्रलाई काभ्रेको पनौती र उपराष्ट्रपति कार्यालयलाई लैनचौर सार्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

मन्त्रिपरिषद बैठक : उपराष्ट्रपति कार्यालय सारिने

राष्ट्रपति र उपराष्ट्रपति कार्यालय नजिकै हुनुपर्छ भन्ने मान्यताका साथ यस्तो निर्णय गरिएको मन्त्री पण्डितले बताए । १८ महिना भित्र सबै व्यवस्थापन मिलाएर कार्यालय सारिने जानकारी उनले दिए ।

अहिले उपराष्ट्रपति कार्यालय कान्तिपथस्थित निर्वाचन आयोगकै भवनमा छ । सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले समाज कल्याण परिषदलाई समेत लैनचौरबाट हटाएर अन्यत्र व्यवस्थापन गर्ने निर्णय भएको कान्तिपुरलाई बताए ।

मन्त्रीपरिषद बैठकले निजामती सेवा दिवासका दिन शुक्रबार पुरस्कृत हुने ४० जना निजामती कर्मचारीको नाम समेत टुंगो लगाएको छ । देशभरका करिब ९० हजार निजामती कर्मचारीबाट ४० जना उत्कृष्ट कर्मचारी छनोट गरिएको हो । दुई लाख रुपैयाँको सर्वोत्कृष्ट निजामती पुरस्कारका लागि भने सरकराले यो वर्ष पनि योग्य कर्मचारी भेट्न नसकेको मन्त्री पण्डितले बताए ।


मन्त्री पण्डितका अनुसार पुरस्कृत हुने ४० मा ५ जना सहसचिव छन् । अरु उपससिचव, अधिकृत, नासु र श्रेणीविहिनसम्म छन् ।


आदिवासी, जनजाती, मधेसी, मुस्लिम, महिला, दलित, पिछिडिएको क्षेत्रबाटसमेत कर्मचारी छनोट गरिएको मन्त्री पण्डितले बताए ।

मुख्य सचिव लोकदर्शन रेग्मी संयोजक र पूर्व विशिष्ट श्रेणी तथा पूर्व सचिवहरु सदस्य रहको छनोट समितिले पुरस्कृत हुनेहरुको नाम टुंगो लगाएको हो ।

सच्याइयो : यसअघि प्रकाशित समाचारमा 'उपराष्ट्रपति कार्यालय लौनचौर सारिने' हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याइएको छ ।


प्रकाशित : भाद्र २१, २०७५ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?