कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्राजिलका राष्ट्रपति उम्मेदवार माथि छुरी प्रहार

बीबीसी

ब्राजिल — ब्राजिलमा आगामी महिना हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि सबैभन्दा अगाडि देखिएका उम्मेदवार जैर बोल्सोनारो माथि चुनावी र्‍यालीमा छुरी प्रहार भएको छ ।

ब्राजिलका राष्ट्रपति उम्मेदवार माथि छुरी प्रहार

ब्राजिलको दक्षिण-पूर्वी राज्य मिनास गेराइसमा चुनावी र्‍यालीका बेला भीडमा रहेका उनलाई भीडबाटै कसैले पेटमा चक्कु प्रहार गरेका थिए ।


चक्कु प्रहारका कारण उनको आन्द्राको शल्यक्रिया गरिएको र उनको अवस्था अहिले खतरामुक्त रहेको बताइएको छ ।


अर्को महिना हुने निर्वाचनलाई लिएर गरिएको सर्वेक्षणहरुमा उनी अगाडि देखिएका छन् । पूर्व राष्ट्रपति लुला दा सील्भाले आफू माथि लागेको प्रतिबन्ध हटाउन विफल भए बोल्सोनारोले नै चुनाव जित्ने आंकलन गरिएको छ ।


प्रकाशित : भाद्र २२, २०७५ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?