दाहाल र भारतका गृहमन्त्रीबीच भेटवार्ता

काठमाडौँ — तीन दिने भारत भ्रमणमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । 

दाहाल र भारतका गृहमन्त्रीबीच भेटवार्ता

भेटमा नेपाल-भारत सम्बन्ध र नेपालको आर्थीक समृद्धिका विषयमा छलफल भएको दाहालको सचिवालयले जनाएको छ ।


भेटमा अध्यक्ष दाहालले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।


भेटमा अध्यक्ष दाहालले सीमा क्षेत्रमा नेपालीमाथि हुने गरेका लुटपाटका घटनाका सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।


गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीहरुलाई तत्कालै खबर गरी घटना घट्न नदिने विश्वास दिलाएका थिए ।

प्रकाशित : भाद्र २२, २०७५ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?