प्रधानमन्त्री अोली र भारतीय पूर्वप्रधानमन्त्री बीच भेट

काठमाडौँ — प्रधानमन्त्री केपी ओली र भारतीय पूर्व प्रधानमन्त्री एच डी देवेगौडाबीच शुक्रबार बालुवाटारमा शिष्टचार भेट भएको छ । 

प्रधानमन्त्री अोली र भारतीय पूर्वप्रधानमन्त्री बीच भेट

भेटमा नेपालले बिमस्टेक सम्मेलन सफतापूर्वक सम्पन्न गरेकोमा देवेगौडाले प्रधानमन्त्री ओलीलाई बधाई तथा धन्यवाद दिएका थिए ।


देवेगौडाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको स्मरण गर्दै नेपाल भारत सम्बन्धमा नयाँ उचाइमा पुर्‍याएको बताएका छन् ।


यस्तै, प्रधानमन्त्री ओलीले नेपाल र भारतका प्रधानमन्त्रीको भ्रमणले दुई पक्षीय हित र सम्बन्धलाई अझ गाढा बनाएको बताए ।


दुई देशका प्रधानमन्त्रीको भ्रमणबाट जलमार्ग, रेलमार्ग र कृषिका क्षेत्रमा उल्लेख्य उपलब्धि भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रकाशित : भाद्र २२, २०७५ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?