२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४
समाचार

News

अल्टिच्युडको हेलिकप्टर दुर्घटना : आनीले भोगेको त्यो ६ घन्टा...

डोल्मालाई उद्धार गरेका फ्रिल्यान्स माउन्टेन गाइड गेल्जे शेर्पासँग सुरज कुँवरले गरेको कुराकानीमा हेलिकप्टर दुर्घटनामा बाँच्न सफल एक आनी डोल्मा डिकीको अवस्था र घटनास्थलबारे विवरण : 

अल्टिच्युडको हेलिकप्टर दुर्घटना : आनीले भोगेको त्यो ६ घन्टा...

दाहालको मोदीसँग डेढघन्टा लामो भेट

भारतको तीन दिने भ्रमणमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच लोककल्याण मार्गस्थित मोदी आवासमा भेट भएको छ । उक्त भेट विशेषगरी नेपाल र भारत सम्बन्ध तथा पछिल्ला सहमति र सम्झौताहरुको प्रगतिमाथि केन्द्रित रहेको कान्तिपुरसँगको कुराकानी दाहालले बताए । 

दाहालको मोदीसँग डेढघन्टा लामो भेट

प्रधानमन्त्रीलाई कुर्दा भौकै–प्यासै

शिक्षा दिवस समारोहको निर्धारित समय शनिबार दिउँसो १ बजे । तर प्रधानमन्त्री केपी ओली ३ बजे मात्रै कार्यक्रमस्थल पुगे । प्रमुख अतिथि प्रधानमन्त्रीलाई दुई घण्टा कुरेर बस्नेमा अधिकांश स्कुले बालबालिका थिए ।

प्रधानमन्त्रीलाई कुर्दा भौकै–प्यासै

किशोरी बलात्कार र हत्या प्रकरण :  स्वास्थ्य परीक्षणपछि विष्टलाई महेन्द्रनगर ल्याइयो

भीमदत्त नगरपालिका २, उल्टाखामकि १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा दोषीका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्टलाई स्वास्थ्य परीक्षणपछि महेन्द्रनगर ल्याइएको छ ।

किशोरी बलात्कार र हत्या प्रकरण :  स्वास्थ्य परीक्षणपछि विष्टलाई महेन्द्रनगर ल्याइयो

एक वर्षमा ४ सय ८६ जना बलात्कृत

धरान उपमहानगरपालिका–५ साउनेटार बस्ने स्थानीय बोर्डिङ स्कुलका प्रिन्सिपल झमक बस्नेतले १७ वर्षीया आफ्नै भान्जीलाई पटकपटक बलात्कार गर्दै आएको आरोपमा तीन महिनापछि गतसाता पीडित किशोरीका परिवारले उजुरी दिएका छन् ।

एक वर्षमा ४ सय ८६ जना बलात्कृत

भारतीय भूपू गोर्खाको पेन्सन रोकियो

काठमाडौंबाट पेन्सन बुझ्ने भारतीय सेनाका पूर्वगोर्खाहरूलाई नयाँ व्यवस्था भन्दै ठमेलस्थित क्याम्पले भुक्तानी रोकिदिएको छ । यसले झन्डै ५० हजार पेन्सनर मर्कामा परेका छन् । 

भारतीय भूपू गोर्खाको पेन्सन रोकियो

नेविसंघ महाधिवेशन कात्तिक दोस्रो साता

कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन कात्तिक दोस्रो सातालाई प्रस्ताव गरिएको छ । संघको शनिबार बसेको बैठकले कात्तिक १६ देखि १८ सम्म राजधानीमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

नेविसंघ महाधिवेशन कात्तिक दोस्रो साता

बिमस्टेक मुलुकको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना नजाने

भारतको पुणेमा हुने भनिएको बिमस्टेक मुलुकको संयुक्त सैन्य अभ्यासमा नेपाल सेना सहभागी नहुने भएको छ । प्रधानमन्त्री केपी ओलीले रक्षा मन्त्रालयमार्फत सेनालाई सैन्य अभ्यासमा नजान निर्देशन दिएका छन् ।

बिमस्टेक मुलुकको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना नजाने

डोल्मा आईसीयूमा भर्ना, अवस्था गम्भिर तर स्थिर 

हेलिकप्टर दुर्घटनामा परेर घाइते भएकी ल्हो आनी डोल्मा डिकीलाई शनिबार साँझ ललितपुरस्थिति मेडिसिटि अस्पताल ल्याएर आइसियुमा भर्ना गरेर थप उपचार भइरहेको छ । उनको अवस्था गम्भिर तर स्थिर रहेको उपचारमा संलग्न चिकितसकहरुले बताएका छन् ।  

डोल्मा आईसीयूमा भर्ना, अवस्था गम्भिर तर स्थिर 

बेगनासमा डुंगा डुब्दा ६ बेपत्ता, दुईको मृत्यु

पोखराको बेगनास तालमा शनिबार दिउँसो डुंगा डुब्दा ६ जना बेपत्ता भएका छन् भने दुईको मृत्यु भएको छ । दशजना सवार डुंगा तालको मध्यभागमा डुब्दा एक पुरुष, चार बालक र एक युवती बेपत्ता भएका हुन् ।

बेगनासमा डुंगा डुब्दा ६ बेपत्ता, दुईको मृत्यु

हेलिकप्टर दुर्घटनामा बाँचेकी डोल्मालाई मेडिसिटी ल्याइयो

नुवाकोटको मेघाङ गाँउपालिका–१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोँचमा दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकप्टरमा सवार एकमात्र जिवित महिला आनी डोल्मा उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ ।

हेलिकप्टर दुर्घटनामा बाँचेकी डोल्मालाई मेडिसिटी ल्याइयो

संविधानमा 'धर्मनिरपेक्षता' नराख्न भारतको दबाब थियो : बाबुराम भट्टराई

नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संविधानमा धर्मनिरपेक्षता नराख्न भारतीय दबाब आएको खुलासा गरेका छन् । त्यसबखत संवैधानिक संवाद तथा राजनीतिक सहमति समितिका सभापतिसमेत रहेका भट्टराईले भारतीय संस्थापन पक्षका उच्चस्तरका व्यक्तिबाटै त्यस्तो सन्देश आएको बताएका हुन् । 

संविधानमा 'धर्मनिरपेक्षता' नराख्न भारतको दबाब थियो : बाबुराम भट्टराई

नयाँ औषधि नीतिले स्वदेशी उद्योग ध्वस्त हुने दाबी

नेपाल औषधि उत्पादक संघले जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा भएका औषधि सम्बन्धि केही प्रावधानले स्वदेशी औषधि उद्योगलाई ध्वस्त पार्ने आरोप लगाएको छ ।

नयाँ औषधि नीतिले स्वदेशी उद्योग ध्वस्त हुने दाबी

स्वतन्त्र प्रेसमाथि कसैले हस्तक्षेप गर्नु हुँदैन : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले स्वतन्त्र पत्रकारिता र प्रेसमाथि कसैले हस्तक्षेप गर्न नहुने बताएका छन् । 

स्वतन्त्र प्रेसमाथि कसैले हस्तक्षेप गर्नु हुँदैन : देउवा

सरकार असफल र अस्थिर बनाउन नकारात्मक शक्ति सक्रिय : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले सरकारलाई असफल र अस्थिर बनाउन नकरात्मक शक्ति लागिपरेको बताएका छन् ।  जिल्ला प्रशासन कार्यालय गोरखाको भवन उद्घाटनपछि पत्रकारसँग कुराकानी गर्दै मन्त्री थापाले अराजकता फैलाउने शक्तिलाई सरकारले नियन्त्रण गरेको बताए ।

सरकार असफल र अस्थिर बनाउन नकारात्मक शक्ति सक्रिय : गृहमन्त्री थापा

बेगनास तालमा डुंगा पल्टिँदा ५ जना बेपत्ता, दुईकाे मृत्यु (अपडेट)

पोखराको बेगनास तालमा शनिबार दिउँसो डुंगा पल्टिँदा पाँच जना बेपत्ता भएका छन् भने २ जनाको मृत्यु भएको छ । नौ जना सवार डुंगामा एक महिला, एक पुरुष र तीन बालबालिका बेपत्ता भएका हुन् ।

बेगनास तालमा डुंगा पल्टिँदा ५ जना बेपत्ता, दुईकाे मृत्यु (अपडेट)

मोदीलाई भेट्दै दाहाल

भारत भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दैछन् ।

मोदीलाई भेट्दै दाहाल

अल्टिच्युडको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो, १ महिलाको जिवितै उद्धार, ६ को मृत्यु

गोरखाको सामागाउँबाट शनिबार बिहान पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मेघाङ गाँउपालिका–१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोँचमा दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ। हेलिकप्टरमा सवार ६ जनाको मृत्यु भएको छ भने १ जना महिलालाई जिवितै उद्धार गरिएको छ । अहिले घटनास्थलमा प्रहरी, सेना र उद्दारकर्मीको टोली पुगेको छ ।

अल्टिच्युडको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो, १ महिलाको जिवितै उद्धार, ६ को मृत्यु

कहिले बन्छ सडक ?

दुई वर्षदेखि बूढानीलकण्ठ नगरपालिका ४, कपन क्षेत्रका स्थानीयको एउटै प्रश्न सामना गरिरहेका छन्– ‘सडक कहिले बन्छ ?’  निर्माण सुरु भएको दुई वर्षसम्म सडक बनेको छैन । कतै माटो थुपारेर सडक साँघुरिएको छ, कतै पानी जम्ने खाल्टाखुल्टी बनाएर अलपत्र छाडिएको छ ।

कहिले बन्छ सडक ?

अन्तर्राष्ट्रिय सभामा नेपाली भाषा

भाषा आयोगले नेपाल राज्यका तर्फबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलनमा सम्बोधन गर्दा नेपाली भाषा प्रयोगलाई प्राथमिकता दिन सिफारिस गरेको छ ।

अन्तर्राष्ट्रिय सभामा नेपाली भाषा

क्षतिपूर्तिका लागि आधा दशकदेखि संघर्ष

कोसी नदीका कारण २०२२ सालयता भएको डुबान र कटानबाट प्रभावितले क्षतिपूर्ति माग गरेका छन् । उनीहरूले दीर्घकालीन समस्या समाधान पहल गर्न भन्दै संघर्ष समितिमार्फत बराहक्षेत्र नगरपालिकामा पत्र बुझाएका हुन् ।

क्षतिपूर्तिका लागि आधा दशकदेखि संघर्ष

गाउँ–गाउँमा डोजर

कर्णाली प्रदेशका २ जिल्ला हुम्ला र डोल्पा राष्ट्रिय सडक सञ्जालबाट अझै जोडिएका छैनन् । यहाँका स्थानीय तह र निर्माण व्यवसायीले भने हेलिकप्टरबाट डोजर भित्र्याएर गाउँगाउँमा सडक खनिरहेका छन् ।

गाउँ–गाउँमा डोजर

शिक्षाको नीति तथा कार्यक्रम–‘एक विद्यालय एक बगैंचा’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरूलाई हरित क्षेत्रमा विकास गर्ने घोषणा गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार सार्वजनिक गरेको २२ बुँदे नीति तथा कार्यक्रममा यो घोषणा गरिएको हो । यसअनुसार ‘एक विद्यालय एक बगैंचा’ अवधारणा अघि सारिएको छ ।

शिक्षाको नीति तथा कार्यक्रम–‘एक विद्यालय एक बगैंचा’

किशोरी हत्या प्रकरण: ‘अनुसन्धानमा लापरबाही’

कञ्चनपुरमा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटना छानबिनका लागि गठित गृह मन्त्रालयको उच्चस्तरीय समितिले घटनाको अनुसन्धानमा लापरबाही भएको निष्कर्ष निकालेको छ । १५ दिनको म्यादसहित छानबिन समिति गठन भएको थियो ।

किशोरी हत्या प्रकरण: ‘अनुसन्धानमा लापरबाही’

देवेगौडाको काठमाडाैंमा एक दिन

बिहानै उनी पशुपति पुगे । मूल भट्ट रावल गणेशलाई भेटे । केहीबेर कर्नाटकामा बोलिने कन्नड भाषामै कुरा गरे । त्यसपछि सुरु भयो, पशुपतिमा विशेष पूजा ।

देवेगौडाको काठमाडाैंमा एक दिन

चार अस्पताल चहार्दै बालककाे मृत्यु

भरतपुर–१५, मंगलपुरका बलराम विक सर्पले डसेर बिरामी भएका तीन वर्षीय नाति सलिनको उपचारका लागि बुधबार राति भरतपुरका चारवटै ठूला अस्पताल पुगे ।

चार अस्पताल चहार्दै बालककाे मृत्यु

भारतसँगको निर्भरता ‘अन्त्य’

चीनसँगको पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षरपछि वर्षाैंदेखि भारतसँगको एकल निर्भरता तोडिएको छ । परराष्ट्रविद्ले यसलाई ‘ग्राउन्ड ब्रेकिङ’ भन्दै फाइदा लिन नेपालले तदनुसार पूर्वाधार विकास गर्नुपर्ने बताएका छन् ।

भारतसँगको निर्भरता ‘अन्त्य’