कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

मोदीलाई भेट्दै दाहाल

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारत भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दैछन् ।

मोदीलाई भेट्दै दाहाल

नयाँदिल्लीको लोकमान्य मार्गस्थित मोदी निवासमा साढे १२ बजे हुने भेट पनि यसअघिका भेटघाट जस्तै राजनीतिक विषयमा केन्द्रित हुने बताइएको छ ।


दाहालले दिल्ली प्रस्थान अघि आफ्नो भ्रमण राजनीतिक भन्दा आर्थिक र द्धिपक्षीय सम्बन्धमा केन्द्रित रहने बताएका थिए । तर, दिल्ली ओर्लेपछि उनले गरेका उच्चस्तरीय भेटघाट विशेषगरी राजनीतिक मुद्दाहरुमै केन्द्रित रहेको स्रोतको दाबी छ ।


त्यसैगरी मोदीसँग पनि एकल वार्ता (वान इन वन) हुने बताइएको छ । दाहालले भारतका गृहमन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग ‘वान इन वन’ भेट गरेका थिए ।


मोदीसँगको भेट लगत्तै उनको भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग भेट्ने कार्यक्रम रहेको छ । विदेश मन्त्रालयमा स्वराजसँग हुने एकल वार्ता पछि दाहालले दिउँसोको खाना समेत त्यही खानेछन् । दाहाल आजै साँझ भारतीय जनता पार्टी निकट इण्डिया फाउण्डेसनको डिनर भेटमा समेत सहभागी हुनेछन् ।


भारतको तीन दिने भ्रमणमा दिल्ली आएका दाहालको आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित : भाद्र २३, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?