२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

बेगनास तालमा डुंगा पल्टिँदा ५ जना बेपत्ता, दुईकाे मृत्यु (अपडेट)

पाेखरा — पोखराको बेगनास तालमा शनिबार दिउँसो डुंगा पल्टिँदा पाँच जना बेपत्ता भएका छन् भने २ जनाको मृत्यु भएको छ । नौ जना सवार डुंगामा एक महिला, एक पुरुष र तीन बालबालिका बेपत्ता भएका हुन् ।

बेगनास तालमा डुंगा पल्टिँदा ५ जना बेपत्ता, दुईकाे मृत्यु (अपडेट)

दुर्घटनामा उद्धार गरिएकी कृष्णकुमारी बजगाईं र जमुना गैरेकाे मृत्यु भएकाे हाे । घटनामा दुई महिला र एक पुरुषको उद्धार गरिएको थियाे।

उद्धार गरिएका निषा पौडेल, सपना खनाल र कमलराज कँडेलकाे शिशुवास्थित लेखनाथ लायन्स सामुदायिक अस्पतालमा उपचार भइरहेकाे छ ।

तीजको दर खाने कार्यक्रममा सहभागी हुन जाँदै गरेका चेलिबेटी बोकेको डुंगा दुर्घटना भएको हो ।पोखरा–३० बेगनासका कमलराज कँडेलले शनिबार आफ्नो घरमा चेलिबेटीलाई दर खुवाउने कार्यक्रम राखेका थिए । उनी चेलिबेटीलाई लिन आफ्नै डुंगामा ताल वारि आएका थिए । कँडेल उपचाररार्थ अस्पतालमा छन् । चेलिबेटी, भाञ्जाभाञ्जी बोकेर पारि फर्किदैँ गर्दा तालको मध्य भागमा डुंगा पल्टिएको थियो । डुंगा दुर्घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

गैंडाकोटबाट आएका एकै परिवारका श्रीमान्, श्रीमती र दुई छोराछोरी दुर्घटनामा परेका छन्। श्रीमतीले पौडिएर ज्यान जोगाएपछि बाँकी तीनजना बेपत्ता भएको कँडेलकी आफन्त सविता तिवारीले बताइन् । ‘सानोबुबा सधैं वारपार गर्नुहुन्थ्यों,’ उनले भनिन्, ‘मलाई पनि बोलाउनुभएको थियो आज । कार्यालयमा बिदा नमिलेर जान पाइँन । आजै यस्तो भयो ।’

बेपत्ताको खोजी जारी रहेको डाँडाको नाक प्रहरी चौकीका प्रहरी निरीक्षक किरण राउतले जनाए ।


प्रकाशित : भाद्र २३, २०७५ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?