२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

हेलिकप्टर दुर्घटनामा बाँचेकी डोल्मालाई मेडिसिटी ल्याइयो

काठमाडौँ — नुवाकोटको मेघाङ गाँउपालिका–१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोँचमा दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकप्टरमा सवार एकमात्र जिवित महिला आनी डोल्मा उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ ।

हेलिकप्टर दुर्घटनामा बाँचेकी डोल्मालाई मेडिसिटी ल्याइयो

हेलिकप्टरमा सवार ६ जनाको मृत्यु भएको छ भने उनी एकजना मात्रै बाँच्न सफल भएकी हुन् ।


आनीलाई सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको हो ।


मेडिसिटी अस्पतालका चिकित्सकसहितको टोली उद्धारका लागि दुर्घटनास्थल गएको थियो ।


गोरखाको सामागाउँबाट शनिबार बिहान पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको हो ।

प्रकाशित : भाद्र २३, २०७५ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?