कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बिमस्टेक मुलुकको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना नजाने

काठमाडौँ — भारतको पुणेमा हुने भनिएको बिमस्टेक मुलुकको संयुक्त सैन्य अभ्यासमा नेपाल सेना सहभागी नहुने भएको छ । प्रधानमन्त्री केपी ओलीले रक्षा मन्त्रालयमार्फत सेनालाई सैन्य अभ्यासमा नजान निर्देशन दिएका छन् ।

बिमस्टेक मुलुकको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना नजाने

सोमबार हुने संयुक्त अभ्यासका लागि सेनाले ३० जनाको फौज पारेको थियो । सैन्य अभ्यास अवलोकन गर्न प्रधान सेनापति पूर्णचन्द्र थापासमेत जाने कार्यक्रम थियो । ‘नजानु भन्ने कुनै निर्देशन त आएको छैन,’ नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले भने, ‘तर निर्धारित तालिकाअनुसार यतिखेर पुणेमा हाम्रो टुकडी पुगिसक्नुपथ्र्यो, हामीले पठाएका छैनौं ।’


संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाको सहभागितालाई मन्त्रिपरिषद्ले स्वीकृति नदिएकाले टुकडी रोकिएको रक्षा मन्त्रालय स्रोतले जनाएको छ । ‘हामी संयुक्त सैन्य अभ्यासमा नजाने भयौं,’ मन्त्रालयका एक अधिकारीले भने ।


आर्थिक र प्राविधिक विकासको क्षेत्रीय संगठनमा सैन्य अभ्यास हुन लागेको र त्यसबारे कुनै छलफलसमेत नगरिएको भन्दै सत्तारूढ दल र प्रमुख विपक्षीबाट चर्को विरोध भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अभ्यासमा सबै सदस्य राष्ट्र सहभागी हुने काठमाडौंमा आयोजित चौंथो बिमस्टेक शिखर सम्मेलनमा बताएका थिए ।



प्रकाशित : भाद्र २३, २०७५ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?